GTBS on Luke's Gospel

Note: In the fourth column are the rankings of the questions. The easiest ones are marked with one *, fairly easy ones with ** and somewhat difficult ones with ***.

1. १. कन्या गर्भवती हुन्छिन् १:२६–३८ ***
2. २. गोठालाहरू चउरमा २:८–२० **
3. ३. हन्ना र शिमियोन २:२५–३८ **
4. ४. येशू किशोरवास्थामा २:४०–५२ **
5. ५. बप्तिस्मा दिने यूहन्नाको सन्देश ३:७–२० ***
6. ६. येशूको सेवकाइको पहिलो दिन ४:३१–३७ ***
7. ७. प्रशस्त माछा पक्रिएको ५:१–११ **
8. ८. कोचाहिँ साँच्चिनै खुशी छ ? ६:२०–२६ **
9. ९. आफ्नो शत्रुलाई प्रेम गर ६:२७–३८ **
10. १०. तपाईंको जीवनको आधार ६:४५–४९ **
11. ११. नाइनको विधवा ७:११–१७ *
12. १२. अत्याधिक क्षमा पाएकी स्त्री ७:३६–५० *
13. १३. बिऊ छर्नेको उखान ८:४–१५ **
14. १४. म तपाईंलाई पछ्याउँछु ९:५७–६२ **
15. १५. स्वर्गमा लेखिएको नाउँ १०:१७–२० ***
16. १६. असल सामरी १०:२५–३७ **
17. १७. आवश्यक एक मात्र कुरो १०:३८–४२ **
18. १८. माछा वा सर्प ? ११:५–१३ **
19. १९. धनी मूर्ख मान्छे १२:१३–२१ **
20. २०. एउटा विश्वसनीय र अर्को अधन्यवादी १२:३५–४८ ***
21. २१. फल नलागेको अञ्जीरको रूख लूका १३:६–९ ***
22. २२. कुप्रो ढाड़ भएकी स्त्री १३: १०–१७ **
23. २३. साँघुरो ढोका १३:२२–३० ***
24. २४. भब्य भोज १४:१२–२४ **
25. २५. हराएको भेडा लूका १५:१–७ **
26. २६. हराएको पुत्र १५:११–२४क *
27. २७. अर्को हराएको पुत्र १५:२५–३२ **
28. २८. धनी मान्छे र लाजरस १६:१९–३१ **
29. २९. दशले चङ्गाई पाए र एउटै मात्र बचाइए १७:११–१९ *
30. ३०. एकहोरो लागीरहने विधवा १८: १–८ **
31. ३१. को धर्मी छ ? १८:९–१४ **
32. ३२. कर उठाउने व्यक्ति रूखमा १९:१–१० *
33. ३३. अन्तिम दृष्टान्त २०:९–१९ ***
34. ३४. विधवाको भेटी २१:१–४ **
35. ३५. पत्रुसले आफ्नो मालिकलाई इन्कार गर्छन् २२:३१–३३ र ५४–६२ *
36. ३६. स्वर्गको ढोकाहरू खोलिएका छन् २३:३२–४३ *
37. ३७. इम्माउसको बाटो २४:१३–३५ **
38. ३८. सबै राष्ट्रहरूमा २४:४४–५३ ***

Print all lessons

© 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com


१. कन्या गर्भवती हुन्छिन् १:२६–३८



टिपोट: मरियमले बच्चा जन्माउने क्रममा, उनी २० वर्षभन्दा कम उमेरकी थिइन् भन्ने अनुमान रहेको छ । सिकर्मी काम गर्ने योसेफसँग तिनको मगनी भएको थियो । विवाहपूर्व यौनसम्पर्कलाई पुरानो नियमले कड़ा निषेधाज्ञा दिने गर्दथ्यो ।

१. मरियमको चरित्र कस्तो थियो होला र यो पाठबाट तपाईंले कस्तो निष्कर्ष निकाल्नुहुन्छ ?
  • परमेश्वरसँग मरियमको सम्बन्ध कस्तो थियो होला ?
  • नासरतको एउटा सानो गाउँमा हुर्केकी मरियमको दैनिक जीवन कस्तो थियो होला ? त्यहाँको खुशी र आनन्द के कस्ता थिए होलान ?

    २. आफ्नो पुत्रको आमा बन्ने भूमिकामा किन परमेश्वरले यस कन्या केटीलाई चुन्नुभयो होला ?
  • स्वर्गदूतको अभिवादनप्रति मरियमले त्यस्तो प्रकारले किन प्रतिक्रिया देखाइन (२९) ?

    ३. परमेश्वरले गाब्रिएललाई मरियमकहाँ पठाउनुको कारण के थियो ?
  • ३२–३३ पदहरूलाई पढ्नुहोस् । आफूले जन्माउने बच्चाबारे मरिमयले के थाहा पाइन् ? आफ्नै शब्दहरूमा लेख्नुहोस् ।

    ४. मरियम कन्या थिइन् । कुनै पनि प्रमाणविना नै एउटा कन्या केटी गर्भवती हुने कुरालाई तिनले कसरी विश्वास गर्न सक्ने थिइन् ? (अर्को शब्दमा भन्नुपर्दा, आफू गर्भवती भएको कुनै पनि सङ्केतलाई तिनले आफ्नो शरीरमा महसुस गर्नुभन्दा अघि नै) ।
  • हिजोआज कन्या जन्मबारे विश्वास गर्न किन मानिसहरूलाई अति नै कठिन हुने गर्दछ ?

    ५. मत्तीको सुसमाचारमा पनि हामी योसेफले कन्या गर्भवती हुने कुरामाथि विश्वास गर्न बढो कठिनाइ महसुस गरेको देख्छौं । येशूको आमा भएर तिनले भोग्नुपर्ने कठिनाइलाई यदि मरियमले अघिबाटै थाहा पाएकी भए, के तिनले आफ्नो बुलावटलाई स्वीकार गर्ने थिइन् होला र ?

    ६. परमेश्वरबाट तिनले कृपा पाएकी कुरा गाब्रिएलले मरियमलाई दुई पटक बताइदिनुभएको थियो (२८–३०) । “कृपा” को अर्थ पापहरूबाट क्षमादान पाएको भन्ने हुन्छ । मरियमले किन यो क्षमादान पाउन आवश्यक थियो ?

    ७. तपाईंको समस्या भनेको परमेश्वरलाई पनि समाधान गर्न अति नै कठिन भएको महसुस कहिलेकाहीँ तपाईंले गर्नुहुनेछ । पद ३७ लाई पढ्नुहोस् र आफ्नो समस्याहरूमा त्यो लागू गर्नुहोस् । तपाईंको वर्तनमान परिस्थितिको लागि यो पदले कस्तो अर्थ दिन्छ ?

    ८. झण्डै ३०–३२ वर्षपश्चात्, मरियम आफ्नो छोराको त्रूmस नजीकै खड़ा हुन पुग्छिन् । पद ३२–३३ मा भएको परमेश्वरको प्रतिज्ञाबारे तिनले के कस्तो सोचिन होला ?

    ९. यदि परमेश्वरले तपाईंको जीवनलाई प्रशस्त मात्रामा उहाँको कृपाले भरिदिनुभएको छ, तर त्यतिनै बेला मरिमयको जीवनमा झैं तपाईंको जीवन पनि सङ्कष्टले भरिएको छ भने, तपाईंले उहाँलाई कसरी उत्तर दिनुहुनेछ होला ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २. गोठालाहरू चउरमा २:८–२०



    टिपोट: येशू ख्रीष्टको दिनहरूमा, गोठालाहरूलाई तुच्छ मानेर हेर्ने चलन थियो किनकि उनीहरूले विश्राम दिनलाई पालन गर्न सक्दैनन् थिए । उदाहरणको लागि उनीहरूलाई अड्डाअदालतहरूमा साक्षीको रूपमा स्वीकार गरिँदैन थियो । पुरानो नियममा हेर्ने हो भने, स्वर्गदूतहरू केबल अब्राहाम, इजकिएल तथा दानिएलजस्ता महान् व्यक्तिहरूकहाँ मात्र देखा पर्ने गर्दथे ।

    १. यहूदाको पर्वततिर भएका यी गोठालाहरूका दैनिक जीवनबारे एकैछिन् कल्पना गर्नुहोस् । उनीहरूका आनन्द तथा दु:ख के कस्ता थिए ?
  • परमेश्वरको आज्ञा अर्थात् विश्राम दिनलाई पालन गर्नुपर्ने आज्ञालाई मान्न नसकिरहेका ती गोठालाहरू तथा परमेश्वरबीचको सम्बन्धबारे तपाईंले के ठान्नुहुन्छ ?

    २. थुप्रै धर्मी मानिसहरू रहेका बेथेलेहम यरूशलेमको नजीकै थियो । किन स्वर्गदूतहरू ती धर्मी मानिसहरूकहाँ देखा नपरी, बरु, गोठालाहरूकहाँ देखा परे त ?

    ३. गोठालाहरू अति नै डराएका कुरो हामी पद ९ बाट थाहा गर्न सक्छौं । उनीहरू के कुराको लागि डराइरहेका थिए त ?
  • अनि तपाईं आज कुन कुरासँग अति नै डराउनुहुन्छ ? (मनमनै उत्तर दिनुहोला)




    ४. स्वर्गदूतको वाणीलाई सुन्ने वित्तिकै गोठालाहरू खुशी हुनुको कारण के थियो (१०–१२) ?
  • पद १०–११ को वचनलाई स्वर्गदूतले व्यक्तिगततौरमा आएर तपाईंलाई सुनायो भने कस्तो हुन्छ होला ? कल्पना गर्नुहोस् । के तपाईं त्यो वचनलाई सुनेर खुशी हुन सक्नुहुन्छ होला ? किन र किन होइन ?

    ५. लामो समयदेखि प्रतिक्षा गर्दै रहेका मुक्तिदाता अब डूँड (पशुहरूले आफ्नो घाँस खाने ठाउँ) मा सुतिरहनुभएको छ भनेर सुन्दा, गोठालाहरूले कस्तो महसुस गरे होलान ?
  • संसारको मुक्तिदाता भाँड़ा माझ्ने ठाउँमा सुतिरहनुभएको छ भनेर यदि तपाईंलाई सुनाइयो भने, तपाईंले कस्तो महसुस गर्नुहुने थियो होला ?

    ६. फोहोर मैला भएको अन्ध्यारो तथा शत्रुहरू र किटाणुहरू भएको ठाउँमा परमेश्वरले जन्म लिनुभयो भन्ने कुरामा स्वर्गदूतहरू आनन्द मनाउनुको के तर्क हुन सक्दछ (१३–१४) ?
  • मुक्तिदाता किन त्यस्तो परिवेशमा जन्मिनुपन्यो होला ?

    ७. परमेश्वरको पुत्रको जन्म हुने वित्तिकै किन परमेश्वरले कुनै व्यक्तिलाई देखाउन चाहनुभयो होला ?

    ८. मध्यरातमा कसरी गोठालाहरूले सही गोठलाई पत्तो लगाउन सके होलान ?
  • अनि डूँडमा सुतिरहेको उक्त बालक नै ख्रीष्ट प्रभु हुनुहुन्थ्यो भनी कसरी गोठालाहरूले विश्वास गर्न सके ?

    ९. कठिन रातलाई बिताइरहेका मरियम र योसेफलाई गोठालाहरूका शब्दहरूले कसरी सान्त्वना दिलायो ?
  • किन परमेश्वरले स्वर्गदूतहरूलाई मरियम तथा योसेफकहाँ पठाउनुको सट्टामा गोठालाहरूकहाँ पठाउनुभयो ?

    १०. ख्रीष्ट जन्मिनुभएको उक्त रात, गोठालाहरूले सुनेका तथा देखेका कुराहरूलाई उनीहरूले धेरै मानिसहरूलाई बताए । तरैपनि, किन अरू मानिसहरू जन्मिनुभएको शिशु येशूलाई दर्शन गर्न गएनन् ?



    ११. येशू झण्डै नै तीस वर्षपश्चात् मात्र प्रख्यात हुनुभयो र त्यतिबेला अधिकाँश ती गोठालाहरू मरिसकेका थिए । नवजन्मिनुभएको मुक्तिलाई देखिसकेपछि कसरी ती गोठालाहरूका जीवनमा परिवर्तन भयो ? के कस्ता कुराहरू यथावत् नै रहे ?
  • यी घटनाहरूद्वारा परमेश्वरसँगको उनीहरूका आफ्नै सम्बन्धबारे गोठालाहरूले कस्तो महसुस गरे ?

    खुशीको सन्देश: ख्रीष्ट जन्मिनुभएको उक्त रात स्वर्गदूतहरूले शान्ति र आनन्दको बारेमा गीत गाइरहेका थिए । तरैपनि, उक्त शान्ति र आनन्दलाई ल्याउनको निम्ति येशूले ठूलो मूल्य चुकाउनु परेको थियो । उहाँले डूँडमा नै त्यो तिर्न थालिसक्नुभएको थियो भने, त्रूmसमाचाहिँ अन्तिम मूल्य चुकाउनुभयो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३. हन्ना र शिमियोन २:२५–३८



    टिपोट: मरियम तथा योसेफले मन्दिरमा केवल एकजोडा परेवा मात्र चढाएका कुराले उनीहरू गरिब थिए भन्ने स्पष्ट बुझिन्छ । लेवी १२:७–८ सँग तुलना गर्नुहोस् । त्यतिबेला पनि धेरै मानिसहरूले मसीहको प्रतिक्षा गरिरहेका थिए । तर, उहाँले आफ्नो शक्ति र सामथ्र्य तथा अख्तियारलाई सबै मानिसहरूसमक्ष प्रस्तुत गर्नुहुनेछ भनी उनीहरूमध्ये धेरैले अपेक्षा गरिरहेका थिए ।

    १. विवाहको सातै वर्षपश्चात् आफ्नो पतिको देहान्त हुँदा हन्नाले कस्तो महसुस गरेकी थिइन् होला ? कल्पना गर्नुहोस् (३६) ।
  • ती दिनहरूमा दोस्रो विवाह भनेको सामान्य प्रचलन भए तापनि, किन हन्नाले पुन: विवाह गर्न चाँहिनन् ?
  • ५०–६० वर्षसम्मको उमेरमा एउटा विधवा भएर रहँदा, हन्नाको जीवनको अर्थ तिनलाई के लाग्दथ्यो होला (३६–३७) ?

    २. वर्षेनी प्रत्येक दिन रात हन्नाले गएर मन्दिरमा प्रार्थना गर्ने गर्थिन् । तपाईंको विचारमा उनले के को लागि प्रार्थना गर्ने गर्थिन् होला ?

  • पद ३८ ले हन्नाको विश्वासबारे के देखाउँछ ? (उनलाई के कुराबाट मुक्ति पाउनु परेको थियो होला ?)

    ३. येशूलाई भेटुञ्जेलसम्म शिमियोनले जिएको जीवनलाई एकैछिन् कल्पना गर्नुहोस् । उनको जीवनको आनन्द तथा दु:ख के थियो होला (२५–२६) ?
  • शिमियोनको लागि परमेश्वरको प्रतिज्ञाको अर्थ के भएको थियो (२६) ?


    ४. भविष्यको कुनै कुरामा आशा गर्नु भन्नाले एउटा वृद्ध मान्छेले कसरी बुझ्दछ होला ?
  • विश्वाससँग प्रतिक्षाको कुन कुरा समान रहेको छ ?
  • शिमियोनले प्रतिक्षा गरेको मसीह तथा अधिकाँश मानिसहरूले प्रतिक्षा गरेको मसीहबीच के भिन्नता रहेको थियो ? (टिपोट तथा पद २५ लाई हेर्नुहोला)

    ५. एउटा गरिब परिवारको बच्चामा कसरी शिमियोनले प्रभुको ख्रीष्टलाई देख्न सक्छन् ?
  • हन्ना र शिमियोनले जे देखेका थिए, त्यो मन्दिरमा आएका अन्य मानिसहरूले किन देख्न सकेनन् ?

    ६. मसीहले कस्तो किसिमको मुक्तिलाई ल्याउनुहुनेछ भनी यी दुई वृद्धहरूले अपेक्षा गरेका थिए भन्ने सङ्केतहरूलाई पत्तो लगाउन पाठलाई ध्यान दिएर हेर्नुहोस् (२५,३१,३२,३८) ।

  • येशूबाट तपाईंले कुन कुरा अति नै चाहनुहुन्छ होला ?

    ७. आफू मर्न पनि तयार भएको कुरा भन्नको लागि एउटा व्यक्तिलाई के चाहिन्छ होला (२९) ?
  • शिमियोनले बोलेका शब्दहरूलाई तपाईंले आफ्नै जीवनमा लागू गर्नुहोस् । पद २९–३० मा भनेको कुरा के तपाईंले पनि भन्न सक्नुहुन्छ ?

    ८. शिमियोनले मरियमलाई तिनको बच्चाको बारेमा बताएको कुराले के कस्तो नयाँ जानकारी तिनलाई प्रकट गराएको थियो ? (उत्तर तपाईंले पाठभन्दा बाहिरबाट पाउनुहुन्छ) ।

    ९. हन्ना र शिमियोनले येशूलाई फेरि कहिल्यै पनि भेटेनन् । शिशू येशूसँगको जम्काभेटले कसरी तिनीहरूका जीवनलाई परिवर्तन गरिदियो ? के कुरा जस्ताको त्यस्तै रह्यो ?

    १०. उनीहरूका मृत्यु नहोऊञ्जेलसम्म यी दुई वृद्ध मानिसहरूले कस्तो बुलावट पाएका थिए ?
  • हिजोआज धेरै मानिसहरू अगमवाणीको वरदानमा रुचि राख्ने भएका देखिन्छन् । किन हन्नालाई अगमवादिनी भनेर भनियो ? पद ३६ लाई हेर्नुहोला) ।

    खुशीको सन्देश: परमेश्वरको वचनद्वारा यदि तपाईंले येशूलाई देख्नुभएको छ भने, शिमियोनले झैं तपाईंले यसरी भन्न सक्नुहुनेछ: “अब हे प्रभु, तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ र आफ्नो दासलाई अब शान्तिसँग जान दिनुहोस् । मेरो आफ्नै आँखाले तपाईंको मुक्तिलाई देखेको छ ।”



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ४. येशू किशोरवास्थामा २:४०–५२



    टिपोट: यहूदी समाजमा १३ वर्षको छँदा पुरुषहरूलाई उमेर पुगेका भनेर हेर्ने चलन थियो । येशूका चार भाइहरू तथा केही बहिनीहरू थिए (मत्ती १३:५५–५६) । आफनो बाबा सिकर्मी भएको हुनाले उहाँले पनि त्यो पेशालाई केही हदसम्म सिक्नुभएको थियो । यहूदीहरूले मन्दिरमा मात्र आफ्ना पापको बलिदान चढाउन पाउँदथे । परमेश्वरले आफ्नो उपस्थितिले सधैँ नै मन्दिरलाई भरिदिने प्रतिज्ञा गर्नुभएको थियो ।

    १. मरियमले आफ्नो बढ्दो परिवारको हेरचाह गर्नुपर्ने थियो । प्रत्येक वर्ष नै निस्तार चाडको लागि मन्दिरसम्म तिनले यात्रा गर्नुपर्ने हुन्थ्यो । त्यसबारेमा तपाईंलाई कस्तो लाग्छ ?
  • यस दुई हप्ते लामो यात्राको लागि मरियमले कस्तो किसिमको तयारी गर्नुपर्ने हुन्थ्यो ?

    २. त्यसरी बढ्दै गरेको परिवारको एउटा जेठो छोराको रूपमा येशूको दैनिकी जीवनी कस्तो भएको थियो होला ? कल्पना गर्नुहोस् ।

    ३. किन येशूले आफ्ना आमाबाबासँगै घरतिर फर्केर नजाने कुरा पहिले नै बताइदिनुभएन ?
  • किन येशूले अन्यत्र नगई मन्दिरमा नै जान चाहनुभयो ?

    ४. येशूबारे पद ४६–४७ ले हामीलाई के देखाउँछ ?
  • यस १२ वर्षे ठीटोको अति नै रुचिको विषय के रहेको थियो ?

    ५. उहाँ कहाँ हुनुहुन्थ्यो भनेर आफ्ना आमाबाबाले थाहा नपाउँदा किन येशू छक्क पर्नुभयो ?

    ६. आफू जहाँनेर हुनुहुन्थ्यो त्यही नै आफ्नो स्वर्गीय पितालाई भेट गर्नुको सट्टामा मन्दिरमा नै भेट गर्नुको महत्व के थियो ?

    ७. पद ४८ ले हामीलाई मरियमको बारेमा के कुरा देखाउँछ ?
  • आफ्नो छोरालाई वरिपरि नदेख्दा मरियमले कसरी प्रतिक्रिया देखाउनुपर्ने थियो ?

    ८. पद ४९ मा भएको आफ्नो छोराको उत्तरलाई सुन्दा येशूको अभिभावकहरूले कस्तो महसुस गरे ?
  • त्यो घटनाद्वारा येशूले आफ्ना अभिभावकलाई के सिकाउन चाहनुहुन्थ्यो ?


    ९. यो पाठअनुसार कहिले हामी आफ्ना अभिभावकहरूका विरुद्ध जान सक्छौं ?
  • यो पाठअनुसार, किशोरावास्थामा भएका बच्चाहरूका लागि परमेश्वरको इच्छा के भएको देखिन्छ ?
  • यो पाठअनुसार हाम्रा किशोरावास्थामा भएका बच्चाहरूलाई हामीले कसरी व्यवहार गर्नुपर्दछ ?

    १०. यो घटना तथा उहाँले आफ्नो सार्वजनिक सेवकाइ सुरु गर्नुभएको १८ वर्षे समयावधिबीचमा येशूको आफ्ना अभिभावकहरू तथा अन्य मानिसहरूसँगको सम्बन्ध कस्तो रहेको थियो (५१–५२) ?

    खुशीको सन्देश: येशूले मन्दिरलाई किन प्रेम गर्नुभयो भन्ने कारणलाई हामी यूहन्ना २:१९–२१ मा पाउँछौं । अगुवाले यो खण्डलाई पढिदिन सक्छन् ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ५. बप्तिस्मा दिने यूहन्नाको सन्देश ३:७–२०



    टिपोट: यूहन्नाका अभिभावकहरू वृद्ध थिए र यतिबेला उनीहरू मरिसकेका थिए । उनको कुनै आफ्न्तहरू थिएनन्, नता उनले कहिल्यै विवाह गरेका नै थिए । एकान्तको मरुभूमितिर उनी बस्ने गर्दथे ।

    १. यदि यूहन्ना सधैँ नै आफ्ना साथीहरूका माझमा हुन्थे भने, उनी सम्भाव्यत कस्ता व्यक्ति भएर निस्कने थिए होलान ?
  • आफू एक्लो भएको महसुस गरेको कुनै समयबारे सोच्नुहोस् । त्यस्तो एक्लो अवस्थाले तपाईंको जीवनमा के कस्ता सकारात्मक कुराहरू ल्याएका थिए होलान ?

    २. यूहन्नाले आफ्ना श्रोताहरूलाई “सर्पका सन्तानहरू” भनेर भने (७) । तरैपनि, उनी येशूभन्दा पनि प्रख्यात भए । किन होला ?

    ३. पद ७–१४ पदहरूमा भएका यूहन्नाको वचनलाई हेर्नुहोस् । हाम्रा आफ्नै समाजमा यी पदहरूलाई कसरी हामीले प्रयोग गर्न सक्छौैं होला ?
  • यो भाषणमा भएको कुन कुराले तपाईंको विवेकलाई घोच्दछ ?
  • यदि सबै मानिसहरू यूहन्नाले भनेझैं गरी जिएका भए, संसार कस्तो हुने थियो होला ?



    ४. यूहन्नाको सन्देशसँग तपाईंले सामान्यतौरमा सधैँ जसो इसाई भेलाहरूमा सुन्ने सन्देशहरूलाई तुलना गर्नुहोस् । तपाईंले के भिन्नता पाउनुहुन्छ ?
  • यूहन्नाले प्रचार गरेझैं कुनै व्यक्तिले तपाईंको मण्डली वा इसाई समूहमा प्रचार गर्ने हो भने, कस्तो प्रतिक्रिया आउने थियो होला ?

    ५. पद ४–६ अनुसार, यूहन्नाको काम भनेको मसीहको निम्ति मानिसहरूका हृदयलाई तयार पार्नु थियो भनी हामी थाहा पाउँछौं । यूहन्नाको जस्तो कठोर सन्देशले कसरी हाम्रा हृदयलाई येशूको निम्ति तयार पार्दछ ?
  • यदि यूहन्नाले “परमेश्वरले तपाईंहरूका कमजोरीहरूलाई बुझ्नुहुन्छ र तपाईं जस्तो हुनुहुन्छ, त्यसरी नै स्वीकार गर्नुहुन्छ,” भनी प्रचार गरेका भए के हुने थियो होला ?

    ६. आउँदै गरेको मसीहसँग यूहन्नाको सम्बन्ध कस्तो थियो (१५–१७) ?
  • आफ्नै फाइदाको निम्ति यूहन्नाले किन आफ्नो प्रख्यातिलाई प्रयोग गरेनन् ?

    ७. आफ्नो निजी जीवनमा गरेको पापको खातिर यूहन्नाले राजा हेरोदलाई हप्काए (१९–२०) । राजाको निजी यौनजन्यसम्बन्धहरूमा किन उनले हस्तक्षेप गरे ?
  • यौनजन्य पापहरूका कारण कस्तो अवस्थामा हामीले अरूलाई हप्काउन सक्छौं ?

    ८. जेलमा थुनेर हत्या गरिँदा यूहन्ना केवल ३० वर्षको मात्र थिए । उनको छोटोको जीवनको अर्थ के थियो ?
  • यो अगमवक्ताको जीवनको सबैभन्दा ठूलो खुशी भनेको के थियो ?

    ९. बप्तिस्मा दिने यूहन्नाको सन्देश सुन्ने व्यक्तिहरूमा येशू पनि हुनुहुन्थ्यो । उनी रूख थिए र उनले असल फल फलाउने काम मात्र गरे । त्यसो भए किन उनी काटिए र आगोमा फ्याँकिए (९) ?

    खुशीको सन्देश: बप्तिस्मा दिने यूहन्नाको सन्देशमा प्राय: चेतावनीहरू तथा आज्ञाहरू मात्र थिए जसले सुन्नेहरूका हृदयमा पापसम्बन्धी सचेतनालाई जगाउने तथा सजग हुने काम गरेको थियो । तरैपनि, अन्य ठाउँहरूमा, मसीहले हाम्रा पापहरूलाई उठाइलैजाउनुहुने कुरा यूहन्नाले घोषणा गरेको पाइन्छ । जस्तै: “हेर परमेश्वरको थुमा ! जसले संसारको पाप उठाइलैजानुहुन्छ (यूहन्ना १:२९) ।”





    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ६. येशूको सेवकाइको पहिलो दिन ४:३१–३७



    टिपोट: दुष्टात्मा भएको व्यक्तिलाई नै हामी दुष्टात्माले “ग्रसित” भनेर भन्छौं । दुष्टात्माले ग्रसित हुनु भनेको मानसिक रोगले ग्रसित हुनुभन्दा फरक कुरो हो । एउटा विश्वासीको जीवनमा पवित्र आत्मा जसरी रहनुहुन्छ, त्यसरी नै एउटा व्यक्तिको जीवनमा दुष्टात्मा रहेको कुरा त्यसले बुझाउँछ । मूर्तिपूजा, धामीझाँक्री, जोखाना हेराउने, झूटा सम्प्रदायका चङ्गाई तथा निश्चित किसिमको रक म्यूजिक आदिद्वारा दुष्टात्माले एउटा व्यक्तिको जीवनमा प्रवेश गर्दछ । यसरी दुष्टात्माले ग्रसित व्यक्ति बेला बेलामा मूर्छा परेर बेहोस हुने, मान्छेको भन्दा बेग्लै आवाजमा चिच्याउने र असाधारण शक्तिलाई प्रकट गर्ने किसिमको हुन्छ ।

    १. के तपाईं शैतान तथा दुष्टात्माको अस्तित्वमा विश्वास गर्नुहुन्छ ?
  • यदि तपाईंले त्यस्ता दुष्टात्माले ग्रसित तथा भूतत्मा लागेको कुनै घटना वा कसैको अनुभवलाई थाहा गर्नुभएको छ भने, कृपया हामीसँग बाँड़चूँड़ गर्नुहोस् ।
  • किन धेरैजसो मानिसहरू घोर अन्धकारमा, भूतत्माहरूमा, अन्य पिचासहरूमा वा मूर्तिहरूलाई देखेर डराउँछन् ?

    २. यो दुष्टात्माले ग्रसित व्यक्तिको दैनिकीलाई कल्पना गर्नुहोस् । उसको आफ्नो परिवार, समाज तथा अन्य सम्बन्धहरूका बारेमा सोच्नुहोस् ।
  • कर्फनहुममा येशूले बिताउनुभएको यो पहिलो विश्राम दिन थियो । तसर्थ, उहाँसँग भेटघाट गर्न मानिसहरू सभाघरमा आइसकेका थिएनन् । कुनै पनि बेला मूर्छा परेर बेहोस हुन सक्ने भए तापनि, उक्त दुष्टात्माले ग्रसित व्यक्ति किन त्यहाँ आइपुगेको थियो होला ?

    ३. येशूको नजीक आइपुग्दा किन प्राय: दुष्टात्माहरू कराउने, रुने वा चिच्याउने गर्छन् ?
  • उक्त दुष्टात्माले येशूलाई चिनेको कुरा आफ्नै शब्दहरूमा व्यक्त गर्नुहोस् (३४) ?
  • येशूबारे जे पनि कुरा उक्त आत्माले बतायो, के त्यो सही थियो ? वा गलत ?

    ४. किन येशूले उक्त व्यक्तिलाई सम्बोधन गर्नुको सट्टामा त्यो आत्मालाई हप्काउनुभयो ?
  • दुष्टात्माले सोधेको प्रश्नको उत्तर किन येशूले दिनुभएन (३४–३५) ?



    ५. उक्त दुष्टात्मा लागेको व्यक्तिले कुनै पनि अनुरोध नै नगरे तापनि, किन येशूले त्यसलाई मद्दत गर्नुभयो ?
  • कुनै व्यक्तिबाट कसैले भूतत्मा निकालेको कुरा सायद तपाईंले सुन्नुभएको होला । येशूले भूतत्मा निकाल्ने कुरा किन अन्य मानिसहरूका तुलनामा फरक छ ?

    ६. येशूमा भएको कुन कुराले मानिसलाई अत्याधिक छक्क पारेको थियो (३२,३६) ?
  • येशूको वचन अरूका वचनहरूभन्दा कसरी फरक छ ?
  • परमेश्वरको शक्तिशाली वचनको आवश्यकता यतिबेला कुन व्यक्ति वा समस्यालाई परेको छ ? (मनमनै जवाफ दिन सक्नुहुन्छ) ।

    ७. यो पाठअनुसार, अन्धकारदेखि, आत्माहरूदेखि, भूतत्माहरूदेखि, मूर्तिहरूदेखि वा शैतानको शक्तिदेखि डराउने कुनै व्यक्तिलाई तपाईंले के भन्नुपर्दछ होला ?
  • यस्ता दुष्टात्माहरूका बन्धनमा परिरहेका मानिसहरूलाई हिजोआजको हाम्रो इसाई मण्डलीले तपाईंको दृष्टिकोणमा कतिको हदसम्म मद्दत गरिरहेको छ होला ?
    ८. त्यस्तो किसिमको कार्यद्वारा येशूले आफ्नो सेवकाइ सुरु गर्नुभयो । किन होला ?
    ९. पापमा पर्ने व्यक्ति र दुष्टात्माद्वारा ग्रसित व्यक्तिबीच के भिन्नता रहेको छ ?
    १०. (निम्नलिखित तीनओटा प्रश्नहरूका उत्तरहरू पाठभन्दा बाहिरबाट आउनेछ)

  • दुष्टात्माहरूलाई आदेश दिने अख्तियार येशूले कहाँबाट पाउनुभयो ?
  • कसरी येशूले समयको अन्त्यमा, शैतान तथा उसका दुष्टात्माहरूलाई सखाप पार्नुहुनेछ (३४) ?
  • दुष्टात्माहरूलाई नष्ट गर्ने अख्तियार येशूको हातमा भए तापनि, कसरी उहाँ आफै त्रूmसमा तिनीहरूका शक्तिद्वारा नष्ट हुनुभयो ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ७. प्रशस्त माछा पक्रिएको ५:१–११



    टिपोट: पत्रुसको सासुआमा थिइन् (४:३८–३९) र त्यसको अर्थ उनको पत्नी तथा बच्चाहरू पनि थिए । पत्रुस माझी थिए र उनले माछा पक्रिन नसक्नु भनेको आफ्नो दैनिकी भोजन जुटाउन नसक्नु भनेजस्तै हुन्थ्यो । गनेसेरतमा उनीहरूले दिनमा होइन रातमा माछा पक्रिने काम गर्दथे र त्यो पनि पानीको गहिराइतिर होइन, तर सतहतिर ।


    १. यदि तपाईंमध्ये कसैले रातीको काम गर्नुभएको छ भने, त्यसको भोलिपल्ट तपाईंले कस्तो महसुस गर्नुभयो ? कृपया हामीलाई बताउनुहोस् ।
  • माछा मार्ने रातभरिएको असफल प्रयासपछि, आफ्नो जाललाई सफा गरिरहेको बेलामा पत्रुसले के सोचिरहेका थिए होला, कल्पना गर्नुहोस् (२) ?

    २. किन येशूले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउन चाहनुभयो (३) ?
  • अनि आफ्नो मञ्चस्वरूप, किन उहाँले पत्रुसको डुङ्गालाई नै छान्नुभयो ?

    ३. पत्रुसले भर्खरै मात्र आफ्नो जाललाई धोएर सफा गरेका थिए । त्यसको अतिरिक्त, पत्रुस माछा मार्नमा सिपालु थिए, तर येशू त ऊजस्तो हुनुहुन्थ्यो । अन्य माझीहरूका सामु आफ्नो असफलताको बावजुद पनि येशूको आदेशमा किन पत्रुसले त्यो जोखिम कदम उठाउन तयार भए (४–५) ?
  • तपाईंको विचारमा, पत्रुसले के विश्वास गरे: माछा पर्ने थियो भनी विश्वास गरे वा पर्ने थिएन भनी विश्वास गरे ?

    ४. यदि येशूले कुनै काम अह्राउनुभयो र तपाईंको विचारमा त्यो असम्भव छ जस्तो लाग्यो भने, तपाईंले कसरी उहाँलाई उत्तर दिनुहुनेछ होला ?

    ५. के वर्षअघि गनेसेरतको तालमा येशूको समयावधिको माछा मार्ने डुङ्गालई भेट्टयाइयो । त्यो आठ मिटर लामो तथा दुई मिटरभन्दा धेरै चौडा थियो । एक किलाको माछा, त्यस्ता दुईओटा डुङ्गामा कतिओटा अटाउने थिए होलान (७ख) ?
  • ती सबै माछाहरू के भए होलान ?

    ६. त्यो अच्चमलाग्दो माछा पक्राइबारे पत्रुसको प्रतिक्रिया कस्तो थियो ?
  • पद ८ को कुरा उल्लेख गर्ने क्रममा, पत्रुसको विवेकमा कस्तो किसिमको पाप थियो होला ?

    ७. त्यो अच्चमलाग्दो कामबाट येशू भन्ने व्यक्तिबारे पत्रुसले के सिके ? (पद ५ र ८ मा, उनले येशूलाई कसरी सम्बोधन गरे ?)
  • कुन कुराले गर्दा, पत्रुस डराए ?

    ८. पत्रुसले आफ्नो पाप स्वीकार गरिसकेपछि मात्र पद १० मा भएको कुरा येशूले भन्नुभयो । किन ?
  • सुसमाचारलाई घोषणा गर्ने व्यक्ति र माझीहरूका जीवनमा के कुरा समान हुन्छन् ?

    ९. आफ्नो परिवारलाई छोडेर येशूलाई पछ्याउने क्रममा, उनीहरू भोकले मर्ने छैनन् भन्ने निश्चयता पत्रुसले कसरी पाए ?
  • येशूले तपाईंलाई जुनबेला जाने आदेश दिनुहुन्छ, त्यतिबेला आफू जाने निर्णय गर्नुहुँदा, आफ्ना परिवारहरूलाई दु:खकष्ट आइपर्ने छैन भन्ने के कस्तो निश्चयता तपाईंसँग छ ?

    खुशीको सन्देश: पापी मान्छे पवित्र परमेश्वरको नजीक जान सक्दैन भनेर सोच्ने क्रममा, सिमोन सही थिए । पुरानो नियममा भनिएको कुरा उनलाई थाहा थियो: आफ्ना पापको साथ परमेश्वरको उपस्थितिमा जाने व्यक्ति मर्दथ्यो । त्यसैकारणले सिमोन जुन कुराको लागि डराउँथे, त्यही कुरालाई येशूले अनुभव गर्नुभयो अर्थात्, कल्वरीको त्रूmसमा उहाँ परमेश्वरद्वारा त्यागिनुभयो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ८. कोचाहिँ साँच्चिनै खुशी छ ? ६:२०–२६



    टिपोट: “आशिषित्” भन्ने शब्दको सुरुवाती ग्रीक अर्थले “अत्याधिक खुशी” भन्ने कुरा बुझाउँछ । यो पाठमा भएको “धनी” व्यक्तिहरू भनेका ती हुन् जसले आफ्नो जीवनमा चाहेका पैसा, प्रेम तथा स्वास्थ्य आदि सबैलाई नै पाएको हुन्छ । अनि “गरिब” भनेरचाहिँ ती व्यक्तिहरूलाई बुझाउँथ्यो जोसँग यस्ता कुनै पनि कुराहरू हुँदैन थिए वा उनीहरूले आफ्नो जीवनमा गुमाएका हुन्थे । (“गरिब” भन्नाले आत्मामा गरिब हुनेहरू हुन् भनी यहाँ नबुभ्mनुहोला किनकि येशूले त्यो कुरा यहाँ बुझाउन खोज्नुभएको छैन) ।

    १. यो पाठअनुसार एउटा व्यक्तिको जीवनमा हुने साँचो खुशी भनेको के हो ?
  • यो पाठअनुसार एउटा व्यक्तिको जीवनमा हुने वास्तविक बेखुशी भनेको के हो ?

    २. येशूका अनुसार गरिब हुनुको सकारात्मक पक्ष के रहेको छ ? (“गरिब” भन्ने शब्दको अर्थलाई माथिको टिपोटमा हेर्नुहोला) ।
  • धनी हुनुको नकारात्मक पक्ष के रहेको छ ? (माथिको टिपोटलाई हेर्नुहोला)
  • तपाईं यीमध्ये कुनचाहिँ दुई समूहमध्येबाट हुनुहुन्छ ? (मनमनै जवाफ दिनुहोला)

    ३. यो संसारमा खानपिनविहीन भोकाहरू धेरै छन् । कसरी येशूले तीमध्ये कतिपय व्यक्तिहरूलाई धन्यको (खुशी हुनेहरू) भनेर भन्न सक्नुहुन्छ ?
  • हाम्रो समुदायमा धेरै मानिसहरू प्रेम तथा प्रशंसाका भोकाहरू छन् । कसरी येशूले तीमध्ये कतिपय व्यक्तिहरूलाई धन्यको (खुशी हुनेहरू) भनेर भन्न सक्नुहुन्छ ?

    ४. तपाईंलाई रुने अवस्थामा पुन्याएको विगतको कुनै परिस्थितिबारे एकैछिन् सोच्नुहोस् । यदि त्यतिबेला येशू तपाईंको नजीक आएर, “रुनेहरू धन्यका हुन्” भनी भन्नुभएको भए, तपाईंलाई कस्तो हुन्थ्यो होला ?
  • कहिल्यै नरुने एउटा व्यक्तिको कल्पना गर्नुहोस् । त्यस्तो व्यक्तिलाई धन्यको भन्नको लागि किन कठिन हुन्छ ?

    ५. रुने चेलाहरू धन्यका हुन भनी येशूले कुनचाहिँ आधारमा भन्नुभयो ?
  • रुने चेलाहरू रोइरहेकै अवस्थामा खुशी हुन सक्छन् वा रुने काम सकिएपछि, हाँस्ने समयमा खुशी वा धन्यको हुन सक्छन् ?

    ६. धनी हुनु, सन्तुष्ट हुनु, हाँस्नु तथा आफ्नो बारेमा राम्रो कुरा बताइनु आदि सबै किन गलत छन् ?
  • धनी, सम्पन्न तथा हाँस्ने व्यक्तिहरू कहिले रुनुपर्दछ ?

    ७. सत्य बोल्नेहरूलाई घृणा तथा झूटा अगमवक्ताहरूलाई प्रशंसा किन गरियो (२२,२६) ?
  • सताइएको तथा आलोचित भएको अवस्थामा साँच्चिनै खुशीले आनन्द मनाउन सक्ने मानिसहरू हुन सक्छन् र (२३) ? यदि त्यस्ताहरू छन् भने, किन उनीहरूले त्यसरी प्रतिउत्तर दिन्छन् ?

    ८. गरिब, असम्पन्न, रुने तथा आलोचित मानिसहरूमा त्यस्ता कुन कुराहरू छन्, जुन धनी मानिसहरूका जीवनमा छैनन् ?

    ९. येशूले आफ्ना चेलाहरूलाई मात्र धन्यको भन्नुभयो र पृथ्वीमा भएका सङ्कष्टमा परेका अन्य मानिसहरूलाई चाहिँ भन्नुभएन (२०) ?

    १०. आउनुहोस् हामी यी पदहरू येशूको जीवनमा लागू गरौं । निम्नलिखित कुराहरू छलफल गर्नुहोस्: त्रूmसमा चढ्नुहुँदा के येशू खुशी हुनुहुन्थ्यो ? किन र किन होइन ?
  • येशू सताइनुहुँदा किन परमेश्वरले उहाँलाई सान्त्वना दिनुभएन ?







    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ९. आफ्नो शत्रुलाई प्रेम गर ६:२७–३८



    टिपोट: यो पाठलाई पढ्ने क्रममा, तपाईंले गतहप्ताको बारेमा सोच्दै आफ्नो दैनिक जीवनमा यो आज्ञालाई कतिको हदसम्म पछ्याउनुभयो होला जस्तो तपाईंलाई लाग्छ ?

    पद २७–३०

    १. येशूले यहाँ सिकाउनुभएझैं जीवन सबैले जिउनुपर्दछ भन्ने कुरामा अधिकाँश मानिसहरू सहमत हुन्छन् । तरैपनि, त्यसरी जिउन किन कठिन छ त ?
  • के “आफ्ना शत्रुहरूप्रति दयालु होऊ” भनेर येशूले सिकाउनुभएको भए, अझ सजिलो हुने थियो होला ?

    २. कल्पना गर्नुहोस् कि तपाईंको आफ्नो परिवार, स्कूल वा काममा यी नियमहरूलाई पछ्याउन सुरु गर्नुभयो । तपाईंको घरमा/स्कूलमा/काममा के कस्तो किसिमको परिवर्तन देख्न थाल्नुहुनेछ होला ?
  • यदि तपाईंले आफूलाई मन नपर्ने कुनै व्यक्तिलाई प्रार्थना गर्न थाल्नुभयो भने, ऊ/उनीसँगको तपाईंको सम्बन्धमा सुधार आउनेछ जस्तो तपाईंलाई लाग्छ (२८) ?
    ३. लिखित सबै नियमहरूलाई येशूले पालन गर्नुभयो । तरैपनि, उहाँका त्यतिधेरै शत्रुहरू किन भए होलान ?
    ४. घृणा गर्नाले घृणा गर्ने व्यक्तिलाई कस्तो नोक्सानी पुन्याउँदछ ?

    पद ३१–३८

    ५. यी पदहरूमा वर्णन गरेझैं “अति उच्चमा विराजमान हुनेको सन्तानहरू” र “पापीहरू” बीच के आधारभूत भिन्नता रहेको छ ?
  • तपाईंले आफैलाई के कस्ता कुराहरूद्वारा आफू परमेश्वरको सन्तान भएको तथा पापी भएको कुरा सङ्केत गर्नुहुन्छ ?

    ६. सधैँ नै आफूलाई बेवास्ता गरिएको उजुरी गरिरहने व्यक्तिहरू कसरी गलत छन् (३६–३८) ?
  • हामीमध्ये कसलाई सबैभन्दा धेरै निर्शत प्रेमको आवश्यक छ ?

    ७. हामी उहाँका शत्रुहरू भए तापनि, उहाँले हामीलाई प्रेम गर्नुभएको कुरा पद ३५ ले वर्णन गरेको छ । पद पढ्नुहोस् र सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् । त्यस्तो किसिमको निशर्त प्रेमलाई विश्वास गर्न हामी मानिस भएको हुनाले हामीलाई सजिलो हुन्छ कि कठिन हुन्छ ?

    ८. आज्ञा पालना गर्नेहरूले ठूलो इनाम पाउनेछन् भन्ने प्रतिज्ञा गरिएको छ (३५) । येशूले त त्यो पूरा गर्नुभयो, तर उहाँले इनाम पाउनको सट्टामा, उहाँलाई त्रूmसमा चढाइयो । किन ?

    ९. कसरी हामीले आफ्ना शत्रुहरूलाई प्रेम गर्न सक्छौं ?
  • आफ्ना शत्रुहरूलाई प्रेम गर्न सफल नभएका व्यक्तिहरूले कसरी आफैलाई अति उच्चमा विराजमान हुनुहुने परमेश्वरको सन्तानहरू हुन् भनी दाबी गर्न सक्छन् ?

    खुशीका सन्देश: शाब्दिक अर्थमा भन्नुपर्दा, परमेश्वरको एक मात्र सन्तान भनेको येशू ख्रीष्ट मात्र हुनुहुन्छ । दु:खदायी अन्त्यसम्म पनि उहाँले आफ्ना शत्रुहरूलाई प्रेम गरिरहनुभयो र तिनीहरूका निम्ति प्रार्थना गरिरहनुभयो । तरैपनि, उहाँका आज्ञा पालन गर्न चुकेका तर क्षमादान माग्दै उहाँसमक्ष आएकाहरूलाई नै उहाँले त्यो इनाम दिनुभयो र आफ्नै निम्ति राख्नुभएन ।



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १०. तपाईंको जीवनको आधार ६:४५–४९



    १. पद ४५ मा येशूले कसलाई चित्रण गरिरहनुभएको छ ?
    २. घर तथा मानवीय जीवनबीच के कस्ता समानताहरू छन् ? सम्भव भएजति कुराहरू पत्तो लगाउनुहोस् ।
  • किन मानिसहरूले घरको कुनै एउटा भाग अर्थात् जीवनको कुनै एउटा अंशलाई मात्र महत्वपूर्ण ठान्दछन् र जगलाई महत्वपूर्ण ठान्दैनन् ?

    ३. के कस्ता फरक कुराहरूद्वारा मानिसहरूले आफ्नो जीवनको घरको आधारलाई निर्माण गर्न सक्छन् ?
  • पहिला गहिरो प्रकारले जग नखनिकन किन मानिसहरूले आफ्ना जीवनको घरलाई निर्माण गर्ने गर्दछन् ?
    ४. मानिसहरूका जीवनलाई नष्ट गर्ने “आँधी वा तुफान” भनेर येशूले के बुझाउन खोज्नुभएको हो ?
  • यदि तपाईंको आफ्नो जीवनलाई कुनै समय आँधीतुफानले नष्ट गरेको छ र अहिले त्यो कुरादेखि तपाईं डराउनुहुन्छ भने, त्यस्तो परिस्थितिलाई तपाईंले कसरी सम्भाल्नुहुन्छ होला ?

    ५. यो पदअनुसार इसाई तथा गैरइसाई दुवैको जीवनलाई “आँधीतुफान” ले प्रहार गर्दछ । किन इसाईहरूचाहिँ त्यसबाट बञ्चित हुन सक्दैनन् ?

    ६. तपाईंको जीवनमा आएको कुनै महाविपत्तिबारेमा सोच्नुहोस् । त्यतिबेला, तपाईं कसमा आश्रित हुनुभयो ?
  • सङ्कष्टको समयमा येशूको वचनले कसरी तपाईंलाई मद्दत गन्यो ? कृपया तपाईंले आफ्नो अनुभवहरू बाँड़चूँड़ गर्नुहोस् ।
    ७. प्रकृतिक प्रकोपले गर्दा कुनै व्यक्तिको घर ढलेको छ भने, त्यसपछिको उक्त व्यक्तिको जीवन कस्तो होला ?
    ८. येशूको वचनलाई सुनेर अभ्यास नगर्नुको कारण के हुन सक्दछ ?
  • एउटा व्यक्तिलाई के कुराले येशूको वचनलाई सुनेर कार्यान्वयन गर्ने बनाउँदछ ?
  • तपाईं यी दुईमध्ये कुनचाहिँ व्यक्ति हुनुहुन्छ ? (मनमनै उत्तर दिनुहोस्) ।

    ९. येशूको वचनलाई अभ्यास गर्नु भनेको अन्य कुराहरूका साथसाथ उहाँले भन्नुभएझैं आफ्नो शत्रुलाई प्रेम गर्नु पनि हो । यी शब्दहरू भनेका तपाईंको जीवनको आधार हो भनी के तपाईंले दाबी गर्न सक्नुहुन्छ ?

    १०. बाइबलमा प्रयोग भएको शब्द “चट्टान” को अर्थ अर्को पनि रहेको छ । १कोरिन्थी १०:४ मा पावलले त्यो उल्लेख गरेका छन्: “ख्रीष्टचाहिँ चट्टान हुनुहुन्छ ।” येशूले दिनुभएको आज्ञाहरू (व्यवस्था) वा येशू आफैमा (सुसमाचारमा) गर्नुबीच के भिन्नता रहेको छ ?

    ११. येशू आफैले नै सबै आज्ञाहरूलाई पालन गर्नुभयो । त्यसो भए, किन “एउटा आँधी” ले उहाँको जीवनलाई नष्ट गन्यो त ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ११. नाइनको विधवा ७:११–१७



    टिपोट: मानिसहरूले येशूलाई महान् अगमवक्ता भनेर भने किनकि पुरानो नियममा उक्त विधवाको मरेको छोरोलाई कसरी एलिया तथा एलिशाले जीवित पारेका थिए भन्ने कुरा उनीहरूले सम्झे (१६) ।

    १. तपाईंको विचारमा यो दाहसंस्कारको कार्यक्रममा किन विभिन्न किसिमका मानिसहरू उपस्थित हुन चाहन्थे होला (१२) ? विभिन्न कारणहरू उल्लेख गर्नुहोस् ।

    २. यो विधवा स्त्रीको जीवनबारे सोच्नुहोस् । सामान्यतौरमा मानिसहरूले जतिसक्दो धेरै सन्तानहरू भएका होऊन भनेर चाहने बेलामा, यो स्त्रीको केवल एउटै मात्र छोरा थिए । यस परिवारको बाबा जीवित नै रहेको बेलामा, के कस्ता विशेषताहरू उनीहरूका जीवनमा थिए होलान ?
  • जब तिनको पति मरे, तब यो स्त्रीको जीवनमा कस्तो दु:खदायी घटना घट्यो होला ?
    ३. आफ्नो एक मात्र पुत्रलाई हुर्काइरहेको बेलामा के कस्ता आर्थिक तथा मानसिक समस्याहरू देखा परेका थिए होलान ?

    ४. आफ्नो छोराको लाशको वरिपरि हिँड्दा यो स्त्रीले परमेश्वरबारे सम्भाव्य रूपमा के सोचिरहेकी थिएन होला ?

    ५. यो जवान ठीटो मर्दाखेरि येशू कर्फनहुममा हुनुहुन्थ्यो र नाइन सहरदेखि त्यो करिब ४० किलोमिटर टाढा थियो (७:१) । अनि दाहसंस्कार त्यसको भोलिपल्ट नै गरिएको थियो । किन येशूले केवल दाहसंस्कारको समयमा नै जाने निर्णय गर्नुभयो जबकि त्यही दिन त्यति लामो यात्रा गर्नको लागि उहाँले धेरै छिटो हिँड्नुपर्ने थियो ?
  • यस विधवाले मद्दतको निम्ति कुनै कुराको अनुरोध नगरे तापनि, किन येशूले तिनलाई मद्दत गर्न चाहनुभयो ?

    ६. परमेश्वरको मद्दत समयमा नै तपाईंमा नपुगे तपाईंलाई कस्तो लाग्छ होला ?
  • येशूको सहायता कहिल्यै पनि ढीलो गरी आउँदैन भन्ने कुरामा कसरी तपाईं निश्चित हुन सक्नुहुन्छ ?

    ७. “नरोऊ” भनेर किन येशूले ती रोइरहेकी आमालाई भन्नुभयो ?
  • येशूले तपार्इंलाई आज यसरी भन्नुहुन्छ: “नरोऊ !” त्यसबाट उहाँले तपाईंलाई के भन्न चाहनुभएको हो ?

    ८. कसरी येशूले उक्त मरेको केटोलाई जीवित पार्नुभयो ?

    ९. लूकाले जब यसरी भने, “येशूले नै यस केटोलाई उसको आमाको हातमा फर्काइदिनुभयो” (१५), तब उनले के भन्न खोजेका हुन् ?
  • उक्त घटनापछि, आमा र छोराबीचको सम्बन्ध कसरी परिवर्तनभयो ?

    १०. स्वर्गीय पिताले पनि आफ्नो छोरालाई चिहानतिर लैजाँदै गरेको देख्नुपन्यो । के उहाँको पीडा उक्त विधवाभन्दा थोरै थियो वा धेरै ?
  • पद १६ मा यसरी लेखिएको छ: “परमेश्वर आफ्नो मानिसहरूलाई मद्दत गर्न आउनुभयो ।” तर आफ्नो पुत्र मर्दै गर्दा किन उहाँले मद्दत गर्नुभएन ?




    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १२. अत्याधिक क्षमा पाएकी स्त्री ७:३६–५०



    टिपोट: त्यस सँस्कृतिमा, स्त्रीहरूले सार्वजनिक स्थानमा आफ्नो कपाल खुल्ला राख्दैनन् थिए । पद ४४–४६ ले, एउटा सम्मानित पाहुनाहरूलाई कसरी घरमा स्वागत गरिन्छ भन्नेबारेमा वर्णन गरेको छ ।

    १. आफ्नो घरमा येशूलाई निम्तो दिएका फरिसी सिमोनले उहाँबारे के सोचे (३६, ३९, ४४–४६) ?
  • किन सिमोनले पहिले येशूलाई निम्तो दिए ?

    २. सहरकी उक्त वेश्या स्त्रीलाई सबैले चिन्दथे (३७) । तिनी हुर्किंदै गर्दा तिनको आफ्नो जीवन कस्तो थियो होला ? एक्कैछिन्, कल्पना गर्नुहोस् । के कुराले तिनलाई वेश्या बनाएको थियो होला ? विभिन्न सम्भावनाहरूबारे सोच्नुहोस् ।
  • आफूले प्रेम पाएको के कस्ता अनुभवहरू तिनको जीवनमा थिए ?

    ३. अत्तरले भरिएको भाँडो अति नै महँगो हुने गर्दथ्यो ।

    ४. किन उक्त स्त्रीले येशूलाई एकदमै भेट गर्न चाहन्थिइन् ? फरिसीको घरमा तिनलाई स्वागत गरिने थिएन भन्ने राम्रोसँग थाहा हुनुपर्दछ ।
  • येशूले आफूलाई निरास नपार्ने कुरा कसरी तिनले विश्वास गरिनँ ?

    ५. किन यस स्त्रीले येशूलाई छुन चाहन्थिइन् ?
  • हामीले घृणा गर्ने कुनै कुरा वा व्यक्तिद्वारा हामीलाई छोइएको छ भने, के हुन्छ ?
  • जब उक्त स्त्रीले येशूलाई छोइन्, तब के भयो ?

    ६. येशूको खुट्टालाई नै भिजाउने गरी त्यति धेरै त्यो स्त्री किन रोइन् ?

    ७. यस स्त्रीले सर्वप्रथम येशूमाथि आफ्नो विश्वास राखिन् कि तिनले उहाँलाई प्रेम गरिन्? पाठबाट आफ्नो कारणलाई दिनुहोस् ।
  • कुनै समय येशूलाई आफूले अति नै प्रेम गरेको महसुस यदि तपाईंले कहिल्यै गर्नुभएको भए, त्यो कस्तो परिस्थितिले गर्दा भएको थियो ?

    ८. पद ४१–४२ मा, आफ्नो पैसा ऋणमा दिने साहूकारको छोटो दृष्टान्त बताइएको छ । (पाँच सय दिनारी भनेको एउटा व्यक्तिको एक वर्षको तलब हो । पचास दिनकारी भनेको एउटा व्यक्तिको एक महिनाको तलब हो) । पापलाई यहाँ एउटा ऋणसँग तुलना गरिएको छ ।
  • सिमोनको पापहरू के थिए जसलाई यहाँ येशूले सङ्केन गर्नुहुन्छ ?

    ९. परमेश्वरको विरुद्धमा उक्त स्त्रीको पापको ऋणलाई के भयो ?
  • परमेश्वरको विरुद्धमा सिमोनको पापको ऋणलाई के भयो ?
  • किन सिमोनले येशूलाई प्रेम गरेनन् ?

    १०. तपाईंको जीवनका सबै पापहरूलाई थाहा गर्ने येशूले अब तपाईंलाई पद ४८–५० सम्मको कुरा बताउनुहुन्छ । तपाईंले उहाँलाई कसरी उत्तर दिनुहुन्छ ?



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १३. बिऊ छर्नेको उखान ८:४–१५



    टिपोट: बिऊ छर्नेको दृष्टान्त भनेको येशूले बोल्नुभएको पहिलो दृष्टान्त थियो र आफ्नो तीन वर्षे सार्वजनिक सेवकाइको लागि उहाँले प्रयोग गर्नुहुने एक किसिमको माध्यम रहेको थियो ।

    १. किन येशूले परमेश्वरको वचनलाई बिऊसँग तुलना गर्नुभयो ? जतिसक्दो सम्भाव्य उत्तरहरू पत्तो लगाउनुहोस् ।
  • आफ्नो दृष्टान्तद्वारा आफूले गर्ने सेवकाइबारे येशूले के बताउन चाहनुभयो ?

    २. कसरी दुष्टले हाम्रा हृदयबाट परमेश्वरको वचनलाई चोरेर लैजान्छ (५,१२) ?
  • पद १२ मा वर्णन गरेको कुराबाट आफैलाई बचाउनको लागि हामीले के गर्न सक्छौं ?

    ३. पद ६ र १३ लाई हेर्नुहोस् । कस्ता किसिमका जाँचले एउटा इसाईलाई विश्वासबाट पतन गराउन सक्छ ?
  • पद १३ मा भएका यी मानिसहरू आनन्दित हुने सर्वप्रथम कारण के थियो ?
  • “जराहरू” नभएका इसाई भनेर येशूले के भन्न खोज्नुभएको थियो ?


    ४. कसरी “जीवनका चिन्ताहरू, धनहरू तथा आनन्दहरू” ले हाम्रो हृदयमा भएका परमेश्वरको वचनलाई मारिदिन्छ (७,१४)
  • इसाईहरूका लागि धन किन गरिबिभन्दा ठूलो समस्या भएको हो ?
  • यदि चिन्ता, फिक्री, धनसम्पत्ति तथा आनन्दका कुराहरूले हामीलाई परमेश्वरको वचनबाट विस्तारै विस्तारै टाढा पुन्याउँदैछ भने, हामीले के गर्नुपर्दछ ?

    ५. कसरी काम नलाग्ने माटो काम लाग्ने हुन सक्छ (८,१५) ?
  • के कस्ता परिस्थितिहरूमा मानवीय जीवनले फल फलाउन सक्छ ?

    ६. यतिबेला तपाईंको हृदयको अवस्थालाई सङ्केत गर्नको लागि कुनचाहिँ माटोले उत्तम प्रकारले वर्णन गर्न सक्छ ? (मनमनै जवाफ दिनुहोस्)

    ७. सय गुणा फल भनेर येशूले के भन्न खोज्नुभएको छ (८) ?
  • हिजाआजका हाम्रा विश्वासीहरूले किन उनीहरूका जीवनको “फल” रातारात बढोस् भन्ने चाहन्छन् ?

    ८. सुसमाचार प्रचारबारे यो दृष्टान्तले हामीलाई के सिकाउँछ ?
  • “शक्तिशाली सुसमाचार प्रचार” बारे यो पाठले हामीलाई के सिकाउँछ ? (यदि तपाईंले यो प्रश्नलाई बुझ्नुभएन भने, त्यतिकै छोडिदिन सक्नुहुन्छ) ।

    ९. बाइबलमा येशूलाई परमेश्वरको वचनको बराबरी मानिएको छ (अगुवाले यूहन्ना १:१ लाई पढिदिन सक्छन्) । येशू तथा बिऊमा के कस्ता कुराहरू समान छन् ?

    असल सन्देश: येशूले निम्नलिखित कुरा पृथ्वीमा आफ्नो समयको अन्तिम रात भन्नुभयो: “येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्‍यो एउटै रहन्‍छ। तर त्‍यो मर्‍यो भने त्‍यसले धेरै फल फलाउँछ। उहाँको मृत्‍यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्‍नुभएको थियो (यूहन्ना १२:२३–३३) । त्यसरी नै, दृष्टान्तमा भएको बिऊ भनेको त्रूmसबाट उहाँले बोल्नुभएको वचन नै थियो ।






    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १४. म तपाईंलाई पछ्याउँछु ९:५७–६२



    १. येशूलाई पछ्याउँदा कस्तो मूल्य चुकाउनुपर्दछ भन्नेबारेमा यो पाठमा तीन किसिमका मानिसहरूलाई सङ्केत गरेको छ । कस्तो परिस्थितिमा तपाईंले पनि त्यस्तै गर्नुभएको छ ?
    २. किन येशूले पहिलो व्यक्तिलाई यसरी भन्नुभएन: “मेरो दलमा स्वागत छ (५७–५८) ?”
  • पद ५८ मा भएको उत्तरद्वारा येशूले यस व्यक्तिलाई के भन्न चाहनुभएको थियो ?

    ३. पद ५८ मा बताइएको जीवनलाई मात्र येशूले दिन चाहनुहुन्थ्यो, भने तपाईंले कसरी प्रतिउत्तर दिनुहुने थियो होला ?
  • येशू परमेश्वरको पुत्र भए तापनि, किन पद ५८ मा प्रकट गरिएको जीवनलाई उहाँले जिउनुपन्यो ?

    ४. दोस्रो मान्छेको जीवनका प्राथमिक कुराहरू के थिए (५९–६०) ?
  • दोस्रो मान्छेको जीवनको प्राथमिकताहरूलाई तपाईंको आफ्नै जीवनसँग तुलना गर्नुहोस् ।
  • त्यस्तो परिस्थितिमा तपाईंका बच्चाहरूले कस्ता प्राथमिकताहरू बनाएका होऊन भनी तपाईंले चाहनुहुन्छ ?

    ५. कसरी परिवारको कुनै सदस्यको मृत्युले हामीलाई येशूलाई पछ्याउनबाट बञ्चित गराउँछ ?

    ६. तेस्रो व्यक्तिले किन आफ्नो परिवारलाई पुन: एकपटक भेट्न चाहेको थियो (६१–६२) ?
  • किन येशूले उक्त व्यक्तिलाई सान्त्वनाको निम्ति केही समयको लागि त्यस व्यक्तिलाई जाने अनुमति दिनुभएन ?

    ७. यदि यी तीन मानिसहरूले आफैलाई पछाडितिर नै राख्ने सोचेको भए, उनीहरूका जीवन कस्तो हुने थियो होला ? यदि उनीहरूले परमेश्वरको राज्य घोषणा गर्ने छनोट गरेका भए, के हुने थियो होला ?

    ८. येशूको दिनमाझैं हिजोआजका थुप्रै सँस्कृतिहरूमा पनि आफ्ना आमाबाबालाई आदर गर्ने कुरा भनेको एउटा छोराको लागि अति नै महत्वपूर्ण कुरा हो । किन येशू यहाँ उहाँको आफ्नै सँस्कृतिको विरुद्ध जानुहुन्छ ?
  • आफ्ना बाबा आमाको आदर गर्नुपर्ने कुराको महत्वका बारेमा पनि येशूले सिकाउनुभयो । कसरी हामीले यो खण्डलाई उहाँको त्यो आज्ञासँग मिलाउन सक्छौं ?

    ९. येशूले यी तीन मानिसहरूलाई जसरी चेतावनी दिनुभएको थियो, त्यसरी नै मण्डलीमा रहेका हाम्रा जवान मानिसहरूलाई उहाँलाई पछ्याउँदा आइपर्न सक्ने कठिनाइका बारेमा बताउँछौं ?

    १०. परमेश्वरको राज्यमा सेवा गर्नको लागि तपाईं अयोग्य हुनुहुन्छ भन्ने कुरा यदि तपाईंले थाहा पाउनुभयो भने, कसरी तपाईंले आफैलाई सुधार गर्नुपर्दछ होला ?

    खुशीको सन्देश: यी कुराहरू भन्नुहुँदा येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो । हलोमा हात राखिसकेपछि, उहाँले फर्केर हेर्नुभएन, तर आफ्नो सङ्कष्ट र मृत्युतिर दृढतापूर्वक अघि बढ्नुभयो । परमेश्वरको राज्यको लागि, उहाँ एकदमै सुयोग्य ठहरिनुभयो र सायद उहाँजतिको योग्य अरू कोही पनि छैनन् । उहाँ सुयोग्य ठहरिनुभयो र उहाँको आफ्नै निम्ति त होइन, तर हाम्रो लागि हो ।




    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १५. स्वर्गमा लेखिएको नाउँ १०:१७–२०



    टिपोट: पृष्टभूमिय जानकारीको लागि पद १ र ९ पढ्नुहोस् । यो पाठले गालीलमा आएको जागृतिको महत्वपूर्ण क्षणबारे बताउँछ: त्यसले कुनचाहिँ दिशालाई लिनुपर्ने हो ? प्रश्न ९ को लागि, उत्पत्ति ३:१५लाई हेर्नुहोला ।

    १. येशूले पठाउनुभएको यी ७० चेलाहरूका जस्तै सामथ्र्य यदि आज हाम्रा मण्डलीका मानिसहरूमा हुने हो भने, के हुने थियो होला ?
  • किन यी ७० मानिसहरूले आफ्ना सेवकाइको केवल एउटै पक्ष मात्र येशूलाई बताए ?

    २. किन सधैँ नै मानिसहरू शक्ति र सामथ्र्य पाउने कुरामा मात्र आनन्दित हुन्छन् ?
  • आफ्ना कामहरूमा सफल हुँदा रमाइरहेका ती चेलाहरूसँग किन येशू रमाउन सक्नुभएन ?

    ३. एउटा व्यक्तिले आफ्नो जीवनमा गरेको सेवकाइमा आनन्द मनाउने कुरा कसरी स्वर्गमा आफ्नो नाउँ लेखिएको कुराभन्दा फरक रहेको छ ?
  • स्वर्गका कुराहरूमा भन्दा पृथ्वीका कुराहरूमा आनन्द मनाउन किन सजिलो छ ?

    ४. दुष्टात्मालाई निकाल्न सक्ने आफ्नो सामथ्र्यमा आनन्द मनाइरहेको व्यक्तिलाई चेलाहरूले के कुरा प्रचार गरे ?
  • आफ्नो नाउँ स्वर्गमा लेखिएको कुरामा रमाइरहेको व्यक्तिलाई चेलाहरूले के प्रचार गरे ?

    ५. हाम्रा नाउँहरू स्वर्गमा लेखिएका छन् भन्ने कुरामा आनन्द मनाउनको लागि, के घट्नुपर्दछ ?

    ६. कहिले र कसरी हाम्रा नाउँहरू स्वर्गमा लेखिएका हुन्छन् ?

    ७. पद १९ मा वर्णन गरेअनुसार त्यस्ता घटनाहरू घटेको कुरा तपाईंले कहिले र कहाँ सुन्नुभयो ?
  • सर्प तथा बिच्छीहरूलाई समेत कुल्चन सक्ने शक्ति तपाईंले कस्तो परिस्थितिमा पाउनुहुन्छ ?

    ८. येशूका चेलाहरूलाई किन कुनै पनि कुराहरू वा मानिसहरूले नोक्सानी पुन्याउन सक्दैनन् (१९) ?
  • कुन कुराले तपाईं तथा आफ्नो परिवारलाई नोक्सानी पुन्याउन सक्दछ भनी तपार्इं डराउनुहुन्छ ?
  • यो पाठअनुसार के कस्ता कुराहरूमा हामी डराउनुपर्दैन ?
  • के कस्ता कुराहरूमा हामी डराउनुपर्दछ ?

    ९. येशूका धेरैजसो चेलाहरू शहीद बनाइए तापनि, शत्रुका सबै शक्तिहरूमाथि उनीहरू विजय भएका छन् भनी कसरी भन्न सक्छौं ?
  • प्राचीन समयको सर्प (दुष्ट) लाई किन त्रूmसमा येशूको कुर्कच्चोलाई डस्न दिइयो ?


    १०. यो पाठले हाम्रो सेवकाइबारे के बताउँछ ?
  • यो पाठले “शक्तिशाली सुसमाचार” बारे हामीलाई के बताउँछ ? (यदि तपाईंले यो वाक्याँशलाई बुझ्नुभएन भने, छोडिदिन सक्नुहुन्छ) ।

    खुशीको सन्देश: स्वर्गमा भएको जीवनको पुस्तकमा आफ्ना नाउँहरू नलेखिएका मानिसहरूको दुर्दशाबारे बाइबलले हामीलाई बताउँछ: “जसको नाउँ जीवनको पुस्‍तकमा लेखिएको भेट्टाइएन त्‍यो अग्‍नि(कुण्‍डमा फालियो (प्रकाश २०:१५) । हामी त्यो व्यक्ति नभएका हौं भन्नाको लागि, मोशाले झैं येशूले प्रार्थना गर्नुभयो: “तापनि तपाईंले तिनीहरूको पाप क्षमा गर्नुहुन्‍छ होला– हुन्‍न भनेता, तपाईंले लेख्‍नुभएको पुस्‍तकबाट मेरो नाउँनिशानै मेटिदिनुहोस्‌ (प्रस्थान ३२:३२) ।






    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १६. असल सामरी १०:२५–३७



    टिपोट: येशूको समयका यहूदीहरूले सामरीलाई निन्दा गर्दथे किनकि उनीहरू ठिमहा तथा गैरयहूदीहरूसँगको अन्तरविवाहद्वारा जन्मिएका थिए । यरूशलेमको ५० किमी उत्तरतिर गेर्सोम पर्वतमा सामगरीहरूका आफ्नै मन्दिर थिए । उनीहरूले उत्पत्तिदेखि व्यवस्थासम्मको पुस्तकहरूलाई मात्र आफ्नो बाइबलका रूपमा मान्दथे । यो दृष्टान्तमा भएको घायल व्यक्ति सम्भवत: यहूदी थियो । उनीहरूका आफ्ना धार्मिक जिम्मेवारीहरूलाई पूरा गर्नको लागि, पूजाहारीहरू तथा लेवीहरू मन्दिरमा जाने गर्दथे । यदि उनीहरूले रगतलाई छोए भने, उक्त दिनभरि नै अशुद्ध ठहरिने थिए र उनीहरूले मन्दिरमा प्रवेश गर्न पाउँदैनन् थिए ।

    १. घटौंसम्म त्यसरी घायलअवस्थामा सडकमा परिरहँदा त्यस व्यक्तिको मनमा कस्तो किसिमको विचारहरू उब्जिएको थियो होला, कल्पना गर्नुहोस् ।
  • यात्रामा गएका आफ्ना बाबा घरमा लामो समयसम्म पनि नफर्किदा पत्नी तथा बच्चाहरूलाई कस्तो भयो होला ? कल्पना गर्नुहोस् ।

    २. यी धार्मिक पूजाहारी तथा लेवीले यस घायल व्यक्तिलाई किन मद्दत गर्न चाहेनन् होला ? थुप्रै सम्भाव्यताहरूलाई सोच्नुहोस् ।
  • यस दृष्टान्तमा पूजाहारी तथा लेवीले गरेका व्यवहारलाई व्यवस्थाका पोख्त व्यक्तिहरूले कसरी मूल्याङ्कन गरेका थिए होलान (२५–२७) ?

    ३. पूजाहारीहरू तथा लेवीहरूले प्रेमको आज्ञालाई कसरी व्याख्या गरे ? उनीहरूका बाइबलबाट त्यो कुरालाई उनीहरूले राम्रोसँग बुझेका थिए (पद २७) ।
  • आफ्नो परमेश्वरलाई आफ्नो सम्पूर्ण शक्ति, आत्मा र हृदयले प्रेम गर्ने एउटा व्यक्तिले के त्यसरी घायल अवस्थामा भएको व्यक्तिलाई उक्त दुई धार्मिक गुरुहरूले झैं व्यवहार गर्न सक्छ होला ? आफ्ना कारणहरूलाई उल्लेख गर्नुहोस् ।

    ४. घायल व्यक्तिलाई उक्त सामरी व्यक्तिले मद्दत नगर्नुपर्ने थुप्रै कारणहरू थिए । तपाईंले सोच्न सक्ने थुप्रै कारणहरूलाई उल्लेख गर्नुहोस् ।
  • त्यो परिस्थितिमा एउटा साधारण व्यक्तिलाई कतिको मद्दत गर्न सक्ने थियो होला ?
  • उक्त सामरी व्यक्तिले घायल व्यक्तिलाई मद्दत गर्ने क्रममा, कसरी आफ्नो दायराभन्दा परसम्म पुग्यो ?

    ५. दुईओटा चाँदीका सिक्काहरूले दुई दिनको ज्यालालाई सङ्केत गर्दथ्यो र त्यसले एउटा व्यक्तिलाई पौवामा दुई महिनासम्मको लागि राख्न सक्दथ्यो । आजको हाम्रो मुद्रामा त्यो कति हुने थियो होला ?
  • किन एउटा अपरिचित व्यक्ति जो आफ्नो गाउँले पनि होइन; उसको लागि त्यस सामरी व्यक्तिले त्यति धेरै पैसा खर्च गर्न तयार भयो ?
  • यो सामरीले एउटा अपरिचित व्यक्तिलाई जस्तो व्यवहार देखायो, त्यस्तै व्यवहार कसलाई देखाउन तपाईं इच्छुक हुनुहुन्छ होला ?

    ६. प्रेम गर्ने आज्ञाको पहिलो अंशलाई भए तापनि, के उक्त सामरीले पूरा गर्न सकेको थियो जस्तो तपाईंलाई लाग्छ ? आफ्ना कारणहरू दिनुहोस् ।

    ७. पूजाहारी तथा लेवीले उक्त घायल व्यक्तिलाई इन्कार गरेझैं सायद तपाईंले पनि कतै आफ्ना छिमेकीलाई बेवास्ता गरिरहनुभएको छैन ? त्यो छिमेकी को होला (३७) ?
  • त्यो छिमेकीलाई मद्दत गर्नको लागि तपाईंले कस्तो ठोस कदम चाल्न आवश्यक हुन्छ होला ?

    ८. येशू तथा असल सामरीबीच रहेका समानताका कुराहरू के होलान ?
  • के कस्ता कुराहरू येशूले आफ्ना शत्रुहरूलाई उक्त सामरीले भन्दा बढी गर्नुभयो ?
  • आफ्नो हृदय तथा आत्मामा घायल भएका हाम्रो निम्ति येशूले के गर्नुभयो ?

    (९. दोस्रो विश्वयद्धको समयमा, अधिकाँश यूरोपियालीहरूले सताइएका यहूदीहरूलाई मद्दत गर्न कुनै पनि सहायता नगरेझैं अन्य ठोस उदाहरणहरूमा छलफल गर्नुहोस् । तपाईंको आफ्नै देश तथा मण्डलीको इतिहासमा पाइने उदाहरणलाई हेर्नुहोस् । सायद दासत्व, जातित्व इत्यादि)




    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १७. आवश्यक एक मात्र कुरो १०:३८–४२



    टिपोट: स्त्रीहरूलाई हेर्ने दृष्टिकोण, आजको समयमा जस्तो छ, येशूको समयमा त्यस्तो थिएन । थुप्रै कुराहरूमा एउटा यो थियो कि उनीहरूले पुरुषहरूसँग बसेर बाइबल अध्ययन गर्न सक्दैनन् थिए ।

    १. एउटा असल साथीले तपाईंलाई भेट्न आयो भने, तपाईंले के अपेक्षा गर्नुहुन्छ ?
  • येशू तथा उहाँका चेलाहरू दिनभरि नै बाहिर थिए । यी दिदीबहिनीहरूका घरमा बस्ने क्रममा उनीहरूले के कुराको अपेक्षा गरेका थिए होलान ?
    २. मार्था अनि मरियमले आफ्नो घरमा येशू आउनुहुँदा कस्तो प्रतिक्रिया देखाए ? कुनचाहिँ कुरा बुझ्न तपाईंलाई सजिलो लाग्छ र किन ?

    ३. मार्थाको समस्यालाई हामी पद ४० मा देख्छौं । त्यो के थियो ?
  • आफ्नो बहिनीसँग मात्र नभई येशूसँग पनि मार्थाले झर्को मान्नुको कारण के थियो ?
  • “प्रभु, के तपाईंले वास्ता गर्नुहुन्न र...?” भन्ने कुरा तपाईंले कस्तो अवस्थामा येशूलाई बताउन मन लाग्छ होला ?

    ४. बेलुकीको खानाबारे मरियमले के सोचिन् ?
  • किन मार्थाले पनि उहाँको शिक्षालाई सुनेकी येशूले चाहनुभयो ?

    ५. कतिपय इसाईहरूले येशूको आवाजलाई सुन्नुभन्दा पनि उहाँको सेवा गर्न रुचाउँछन् । किन ?
  • दुई व्यक्तिहरूमा यदि एउटाले भनेको कुरा अर्कोले सुन्न चाहँदैन भने, त्यसले उनीहरूबीचको सम्बन्धलाई कस्तो देखाउँछ ?

    ६. “एउटै कुराको खाँचो पर्दछ” भनी येशूले के भन्न चाहनुभएको हो (४२) ?
  • जीवन र मरणमा केवल तपाईंले येशूको कुरा सुन्न मात्र आवश्यक छ भन्ने कुरामा सहमत हुनुहुन्छ ?

    ७. किन तपाईंले दिनहुँ उहाँको वचनलाई सुनेको येशूले चाहनुहुन्छ ?
  • यदि येशूको वचनलाई हामी बेला बेलामा मात्र सुन्दछौं भने, हामीलाई के हुन्छ ?
  • हिजोआज हामी येशूको वचनलाई कहाँ र कसरी सुन्न सक्छौं ?

    ८. जब हामी कुनै कुरा गर्ने छनोट गर्छौं, तब हामीले कुनै अर्को कुरालाई चाहिँ पूरा नगरी छोडेका हुन्छौं । बाइबल पठन तथा इसाई भेलाहरूमा जाने समय निकाल्दा, के कस्ता ठोस कुराहरूलाई तपाईंले नगरिकनै छोड्नुपर्ने हुन्छ ?

    ९. मार्था वा मरियममा येशूले कसलाई धेरै प्रेम गर्नुहुन्थ्यो होला ?
  • आज तपाईंको जीवनमा येशूले कुनचाहिँ पदलाई व्यक्तिगततौरमा भनिरहनुभएको छ होला ? पद ४१ व ४२ ?


    १०. जीवन र मरणमा सुन्न आवश्यक एउटै मात्र कुरो भनेको परमेश्वरको वचन हो । येशू त्रूmसमा झुण्डिरहनुभएको अवस्थामा किन उहाँले ती वचनहरू सुन्न सक्नुभएन ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १८. माछा वा सर्प ? ११:५–१३



    १. यो पाठमा येशूले एउटा सानो दृष्टान्तबाट प्रार्थनाबारे कुनै कुरा सिकाउन चाहनुहुन्छ । दृष्टान्तमा भएको व्यक्तिको तथा आफ्नो परिस्थितिबीच तपाईंले के कस्ता समानता पाउनुहुन्छ ?
  • दृष्टान्तमा भएको व्यक्तिले झैं कस्तो परिस्थितिमा तपाईंले आफ्नो प्रार्थनामा अत्याधिक माग गर्नुहुन्छ ?

    २. उक्त घरभित्र भएको त्यस साथीले उसलाई मागेजतिको गर्न इच्छुक नभएको जस्तो देखिन्छ । किन येशूले परमेश्वरले उक्त साथीझैं भएको भनी तुलना गर्नुहुन्छ ।

    ३. आफूले चाहेको कुरा नपाऊञ्जेलसम्म लागीपर्नको लागि पहिलो व्यक्तिलाई कुन कुराले अभिप्रेरित गरेको थियो ?
  • कुन कुराले हामीलाई परमेश्वरले उत्तर नदेऊञ्जेलसम्म धैर्यतासाथ प्रार्थना गरिरहने व्यक्ति बनाउँछ ?

    ४. प्रार्थनाको बारेमा सिकाउने क्रममा येशूले तीनओटा फरक क्रियापदलाई प्रयोग गर्नुभयो: माग्नु, खोज्नु र ढकढक्याउनु (९–१०) । यी क्रियापदहरूले प्रार्थनामय–जीवनको कुन पक्षहरूलाई वर्णन गर्छन् ?
  • तपाईंको आफ्नो तत्कालीन अवस्थामा, कुन कुरालाई तपाईंले मागिरहनुभएको, खोजिरहनुभएको तथा ढकढक्याइरहनुभएको छ ? (मनमनै जवाफ दिन सक्नुहुन्छ ।

    ५. एउटा बच्चाले आफ्नो बाबासँग कुनै कुरा मागिरहेको कुरासँग जब येशूले प्रार्थनालाई जोड्नुभयो, तब उहाँले प्रार्थनाबारे के सिकाउन चाहनुभयो ?
  • हाम्रो स्वर्गीय पिता कसरी हाम्रो पृथ्वीमा हुने पिताझैं हुनुहुन्छ ?

    ६. आफ्नो बच्चाले मागिरहेको कुरा उसको/उनको लागि राम्रो हुँदैन भने, एउटा प्रेम गर्ने पिताले के गर्दछ ?
  • हामीले मागिरहेको कुनै कुरा हाम्रो तथा हामीले प्रेम गर्ने मानिसहरूका लागि राम्रो हुन्छ कि हुँदैन भन्ने कुरा कसरी हामीले थाहा पाउँछौं ?

    ७. के तपाईंले पहिले “सर्प” जस्तै ठानेको कुरा पछि गएर “माछा पो भएको” वा यस क्रमको विपरीत भएको कुरालाई कहिल्यै अनुभव गर्नुभएको छ ? त्यसबारे हामीसँग छलफल गर्नुहोस् ।

    ८. तपाईंको लागि कुन कुरा अति नै महत्वपूर्ण छ: परमेश्वरले तपाईंको प्रार्थनाको जवाफ अहिले नै दिनुभएको वा नयाँ पृथ्वी र स्वर्गमा दिनुभएको चाहनुहुन्छ ?

    ९. निश्‍चय नै परमप्रभुको हात बचाउन नसक्‍ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्‍न नसक्‍ने गरी बाक्‍लो भएको छ। द्द तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्‍ना परमेश्‍वरबाट अलग गरेका छन्‌, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्‍नुहुनेछैन (यशैया ५९:१–२) । निम्नलिखित प्रश्नको उत्तर दिने क्रममा, यी पदहरूलाई मनन् गर्नुहोला: क्रूसबाट येशूले प्रार्थना गरिरहनुहुँदा किन परमेश्वर पिताले उहाँको आवाजलाई सुन्नभएन ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १९. धनी मूर्ख मान्छे १२:१३–२१



    १. शिक्षित तथा आचरणशील परिवारहरूमाझ पनि सम्पत्तिको लागि झैझगडा हुनु स्वभाविक जस्तो देखिन्छ । किन ?
  • पद १३ मा भएको मान्छे येशूसँग मद्दत माग्ने सुसमाचारका पुस्तकहरूमा भएका अन्य मानिसहरूभन्दा किन फरक छ ?

    २. पद १३ मा भएको व्यक्तिको वास्तविक समस्या के थियो ?
  • यदि यो मान्छेले भनेझैं येशूले गर्नुभएको भए के हुन्थ्यो ?

    ३. पद १६–२०सम्म भएको दृष्टान्तहरूलाई हेर्नुहोस् । यो धनी मान्छेले जिएको जीवनबारे सोच्नुहोस् । के उसको जीवन खुशीयाली थियो वा थिएन ? आफ्नो कारणलाई दिनुहोस् ।
  • के तपाईंको बच्चाको जीवनमा पद १७मा भनेझैं एक मात्र समस्या भएको तपाईंले चाहनुहुन्छ होला ?

    ४. परमेश्वरप्रति धन्यवादी नहुने व्यक्तिलाई किन उहाँले घाम र पानी दिनुहुन्छ ?
  • यो धनी मान्छेको धर्म के थियो ?

    ५. यो धनी मान्छेको अरूसँगको सम्बन्धबारे हामी के सिक्छौं ?
  • यो मान्छेको सबैभन्दा ठूलो गल्ती भनेको के थियो ?

    ६. यो दृष्टान्तलाई तपाईंले धनी र गरिब राष्ट्रहरूका मानिसहरूमा कार्यान्वयन गर्नुहोस् । येशूले यस दृष्टान्तबाट हाम्रो जीवनमा भएको कुनचाहिँ पापलाई देखाउन चाहनुहुन्छ ?
  • आफूसँग भएको रुपैयाँ पैसालाई तपाईंले कसरी प्रयोग गर्नुपर्दछ ?

    ७. ढीलो हुनुअगावै यो धनी मान्छेले आफू मर्नुपर्नेछ भन्ने कुरा किन महसुस गरेन ?
  • कस्तो परिस्थितिमा तपाईंले आफ्नो मृत्यु तथा त्यसपछिको न्यायलाई सोच्न पुग्नुहुन्छ ?

    ८. पद २१ ले के बुझाउँछ ? (यस धनी मान्छेले कसरी स्वर्गमा आफ्नो धन थुपार्न सक्दथ्यो ? परमेश्वरमा धनी हुनु भनेको के हो ?)

    ९. उक्त धनी मूर्ख व्यक्तिलाई येशूसँग तुलना गर्दा के कस्तो भिन्नता देखिन्छ ?

  • येशूले धनी मान्छेसँग माग गर्नु भएको जीवनलाई नै परमेश्वरले पनि येशूबाट माग गर्नुभयो । किन (२०) ?
  • पृथ्वीमा रहने क्रममा, येशूले जे कमाउनुभयो, त्यसबाट कसलाई फाइदा भयो (२०ख) ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २०. एउटा विश्वसनीय र अर्को अधन्यवादी १२:३५–४८



    टिपोट: “सेवक” भन्ने शब्दले “दास” भन्ने अर्थ पनि दिन्छ ।

    पद ३५–४०

    १. रातको प्रमुख घडीमा जागिरहनको लागि, एउटा सेवकले के गर्नुपर्दछ ?
  • आफ्नो मालिक घरमा आउनुभन्दा पहिले नै यदि नोकरचाहिँ सुत्न पुग्यो भने, के हुन्छ होला ?

    २. येशूको दोस्रो आगमनलाई प्रतिक्षा गर्दै रहनु भनेको सजिलो हुन्छ होला ? किन र किन होइन ?
  • येशूको दोस्रो आगमनलाई किन अचानक घरमा पसेको चोरसँग तुलना गरिन्छ ?

    ३. यी पदहरू (३५–४०) सम्मका कुराहरूले हामीलाई के कुराको चेतावनी दिन्छ ?
  • अनि व्यवहारिकतौरमा, कसरी तपाईंले आज येशूको लागि ढोका खोलिदिन सक्नुहुन्छ ?



    पद ४१–४६
    ४. यी पदहरूमा भएका असल तथा खराब दुवै भण्डारेहरूलाई तुलना गर्नुहोस् । के कस्तो भिन्नताहरू छन् ?
  • किन यी भण्डारेहरूले त्यस्तो फरक तरिकाले व्यवहार गरे ?

    ५. आफ्ना मालिकहरूसँग यी दुई भण्डारेहरूका सम्बन्धहरू कस्ता थिए ? तुलना गर्नुहोस् । कसरी ती एक–अर्कासँग फरक छन् ?
  • येशू ख्रीष्टको आगमनबारे हाम्रा विचारले परमेश्वरको राज्यको सेवकाइमा कसरी प्रभाव पार्दछ ?

    ६. आफ्नो आगमनसम्मको लागि, येशूले के कस्ता जिम्मेवारीहरू आफ्ना “भण्डारेहरू” का हातमा सुम्पिदिनुभएको छ ?

    ७. आफ्ना सहकर्मी साथीहरूलाई कुट्ने र आफै मात्र खाएर मोटाउने मण्डलीका यस्ता “भण्डारेहरू” लाई हिजोआज हामी कहाँ पाउँछौं ?
  • यी “भण्डारेहरू” लाई कस्ता किसिमको दण्डले प्रतिक्षा गरिरहेको छ ?

    पद ४७–४८

    ८. आफ्नो परमेश्वरको इच्छालाई नजानेका मानिसहरू मण्डलीहरूमा छन् । त्यो कसको कारणले गर्दा भएको होला ?
  • अन्त्यमा, परमेश्वरका सेवकहरूलाई कुन माफदण्डले न्याय गरिन्छ ?

    साराँश:

    ९. कहिले र कहाँ येशूले हाम्रो सेवाको लागि वस्त्र धारणा गरेर प्रतिक्षा गर्न आइपुग्नुहुन्छ (३७ख) ?

    १०. एउटा अविश्वासयोग्य सेवकको झैं दुर्दशालाई किन येशूले भोग्नुभयो ? भनौं, उहाँलाई अविश्वासीहरूका स्थानमा राखियो अर्थात् उहाँलाई चक्नाचूर पारियो (४६ख) ?




    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २१. फल नलागेको अञ्जीरको रूख लूका १३:६–९



    टिपोट: यो दृष्टान्तले सुरुमा इस्राएललाई सङ्केत गर्दथ्यो । झण्डै नै साँढे तीन वर्षसम्म येशू यस राष्ट्रमा सक्रिय भएर रहनुभयो । तर उहाँले त्यसमा पर्याप्त मात्रा फल भेट्टयाउनुभएको थिएन । तरैपनि, यो दृष्टान्तले हाम्रो बारेमा पनि बताएको छ । तपाईं अञ्जीरको रूख हुनुहुन्छ, परमेश्वर त्यसको मालिक र येशूचाहिँ त्यो व्यक्ति हुनुहुन्छ जसले उक्त रूखको हेरचाह गर्नुहुन्छ । पृष्टभूमिय जानकारीको लागि, मत्ती २१:१८–१९मा हेर्नुहोला ।

    १. दाखबारीको माटो भनेको सम्भवत: उत्तम माटो हुनुपर्दछ । दाखबारीको बीचमा अञ्जीरको रूखलाई राखिएको उहाँको दृष्टान्तबाट येशूले इस्राएलबारे के भन्न खोज्नुभएको हो ?
  • त्यस्तो फल नफलेको अञ्जीरको रूखलाई दाखबारीको वरिपरि रहन दिनाले कस्तो क्षति हुन्छ ?

    २. विगतको तीन वर्षमा, तपाईंको जीवनबाट परमेश्वरले के कस्तो फलको अपेक्षा गर्नुभयो ? (मनमनै जवाफ दिनुहोला)
  • परमेश्वरको राज्यमा फल फलाउनको लागि तपाईंले बाधा दिन के कस्तो कारणहरू होलान ?

    ३. आफ्नो बारीमा भएको फल नफलेको अञ्जीरको रूखबारे किसानले कस्तो महसुस गर्छ ?
  • एउटै पनि फल नफलाउने त्यस्ता इसाईहरूलाई पनि येशूले प्रेम गर्नुहुन्छ । किन ?

    ४. तपाईंको निम्ति अझ केही समय थपिदिनुहोस् भनी आफ्नो पिताको अघि बसेर येशूले अनुरोध गरिरहनुभएको दृश्यलाई कल्पना गर्नुहोस् । किन उहाँले त्यसो गर्नुहुन्छ ?

    ५. उक्त किसानले रूखको वरिपरि खनेर त्यसमा मलजल गर्ने प्रतिज्ञा गर्छन् । आफ्नो स्वर्गीय पिताको लागि तपाईंको जीवनबाट फल फलाउन विगत तीन वर्षको समयमा येशूले के गर्नुभएको छ ?
  • हाम्रो जीवनको दु:खकष्टले कसरी हामीलाई फल फलाउने काममा योगदान दिन्छ ?

    ६. यो दृष्टान्तअनुसार, अन्त्यमा एउटै पनि फल नफलाउने इसाईलाई के हुनेछ ?

    ७. अब तपाईंले मत्ती २१:१८–१९ लाई खोल्नुहोस् (अगुवाले पढिदिन सक्छन्) । यो घटना येशूले यस पृथ्वीमा बिताउनुभएको अन्तिम हप्तातिर घटेको घटना हो । येशूले अचानक यो अञ्जीरको रूखलाई सराप्नुभयो । किन होला ?
  • यी दुईओटा पदहरूले येशूको मृत्युसँग के सरोकार राख्दछन् ?
    खुशीको सन्देश: त्यसरी अञ्जीरको रूखलाई सराप्नुभइसकेपछि, येशूले इस्राएल तथा तपाईं र हाम्रो स्थानलाई लिनुभयो । “हाम्रा निम्‍ति सराप बनेर ख्रीष्‍टले हामीलाई व्‍यवस्‍थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्‍डिने हरेक श्रापित हुन्‍छ” भन्‍ने लेखिएको छ (गलाती ३:१३) ।”


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २२. कुप्रो ढाड़ भएकी स्त्री १३: १०–१७



    टिपोट: शनिबार परमेश्वरको वचनलाई सुन्न भेला हुने स्थानलाई नै सभाघर भनिन्थ्यो । तीदिनहरूमा, धार्मिक विषयवस्तुहरूमा स्त्रीहरूले कुनै पनि कुरा बोल्न पाउँदैनन् थिए । तसर्थ, उनीहरू पछाडितिर तथा माथिल्लो तलातिर भएका कुर्सीहरूमा बस्दथे । यो स्त्रीको ढाड़ किन कुप्रो भएको थियो भन्ने हामीलाई थाहा छैन । सायद, त्यो रोग नै थियो होला ।

    १. १८ वर्षसम्म त्यसरी अशक्त भएर बस्दा, तिनको दिनाचार्य कसरी बितेको थियो होला, एकैछिन्, कल्पना गर्नुहोस् ।
  • त्यसरी कुप्रो ढाड़ भएकी स्त्रीलाई मानिसहरूले कसरी व्यवहार गरे होलान ?

    २. यदि तपाईं सानै अवस्थादेखि त्यसरी कुनै अशक्ततामा जीवन जिउनुपरेको भए, तपाईंलाई सबैभन्दा कठिन कुरा के हुने थियो होला ?
  • त्यसरी सानै अवस्थामा तपाईंको अवस्था त्यस्तो भएको भए, त्यसलाई अनुमति दिनुहुने परमेश्वरको बारेमा तपाईंले के सोच्नुहुन्थ्यो होला ?

    ३. भूतत्मा लागेको व्यक्तिबाट त्यसलाई निकाल्ने क्रममा, येशूले सधैँ नै त्यसलाई प्रत्यक्ष हपार्नुभयो । तर उहाँले त्यस स्त्रीलाई त्यसो गर्नुभएन । तसर्थ, त्यसलाई भूतत्मा लागेको थिएन भन्ने कुरा त्यसैबाट स्पष्ट हुन्छ । शैतानले नै त्यसलाई बन्धनमा पारेको छ भनी येशूले भन्नुभयो (१६) । उहाँले त्यसरी के भन्न चाहनुभएको होला ?
  • के कस्ता किसिमका कुराहरूले आज पनि मानिसहरूलाई बन्धनमा पारिरहेको छ र उनीहरूले पूर्ण जीवनलाई बिताउन पाएका छैनन् ?

    ४. त्यो स्त्री सभाघरमा निको हुनको लागि आएकी थिइन् । त्यसो भए, तिनी किन आएकी थिइन् त ?
  • हप्ताको एकपटक परमेश्वरको वचनलाई सुन्न आउनु भन्नाले यो स्त्रीले के बुझेकी थिई ?



    ५. किन यो स्त्रीले येशूसँग मद्दत मागिनन् ? विभिन्न सम्भाव्य कारणहरूबारे सोच्नुहोस् ।
  • सबै मानिसहरूका अघि आऊ भनी जब येशूले त्यसलाई भन्नुभयो, तब तिनले कस्तो महसुस गरिन् ?
  • येशूले अह्राउनुभएको कुरा गर्नलाई केसले तिनलाई प्रेरित गन्यो ?

    ६. कुनै न कुनै तरिकाले शैतानको बन्धनमा रहेका मानिसहरूलाई मद्दत गर्नको लागि यो खण्डले के सिकाउँदछ ? (शास्त्रमा सीमित रहनुहोस्) ।

    ७. “अब्राहामकी छोरी” भनी येशूले यस स्त्रीलाई भन्नुभयो । उहाँले त्यसरी किन भन्नुभयो ? (अब्राहामको बारेमा अध्ययन टिपोट २८ लाई हेर्नुहोला) ।

    ८. यस स्त्रीप्रतिको येशूको दृष्टिकोण कसरी सभाघरको शासकका दृष्टिकोणभन्दा फरक छ ?
  • सभाघरको शासकले आफूले पनि परमेश्वरमाथि विश्वास गर्ने ठानेको थियो । उसको विश्वासमा के कुराको कमी थियो ?
  • सभाघरको शासक के कुराले बाँधिरहेको थियो ?

    खुशीको सन्देश: शैतानले अन्तमा, येशूलाई समेत क्रूसमा काँटी ठोकेर झुण्ड्याइदियो । त्यसैकारणले त अहिले स्वतन्त्र हुन चाहने सबैलाई नै उहाँले शैतानको बन्धनमा पार्ने शक्तिबाट छुट्टयाउन सक्नुहुन्छ ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २३. साँघुरो ढोका १३:२२–३०



    १. किन कतिपय मानिसहरूले पद २३ मा भएको प्रश्नको उत्तर जान्न चाहन्छन् ?
  • किन येशूले यो प्रश्नको उत्तरलाई हो वा होइन भनी दिनुभएन ?

    २. स्वर्गको ढोका कसरी साँघुरो रहेको छ ?
  • कस्ता मानिसहरूका लागि स्वर्गको ढोका साँघुरो हुन्छ होला ?

    ३. यस्ता साँघुरो ढोकाहरूबाट प्रवेश गर्नको लागि मानिसहरूले के कस्ता प्रयास गर्छन् होला (२४) ?

    ४. यसै सम्बन्धमा, येशूले परमेश्वरको राज्यमा हुने भोजको एउटा सानो दृष्टान्तलाई बताउनुभयो (२५–२७) । यो दृष्टान्तबाट येशूले आफ्ना दर्शकहरूलाई के बताउन खोज्नुभएको थियो ?


    ५. यो दृष्टान्तमा भएका मानिसहरू किन समय छँदाछँदै नै साँघुरो ढोका भएर गएनन् ?
  • पद २३ मा भएको प्रश्नसँग यो दृष्टान्त कसरी सम्बन्धित छ ?

    ६. आफूसँगै खाएका तथा पिएका तथा आफ्ना शिक्षालाई समेत सुनेका यी मानिसहरूलाई येशूले चिन्दिनँ भनी भन्नुभयो । किन ?
  • अन्तिम दिनमा, येशूले हामीलाई चिन्नुहुनेछ भन्ने कुरामा कसरी हामी निश्चित हुन सक्छौं ?

    ७. पद २८ मा उल्लेखित सबै पुर्खाहरूका जीवनमा कमजोरीहरू तथा पापहरू थिए । परमेश्वरको राज्यमा साँघुरो ढोका भएर जानको लागि उनीहरूलाई के कुराले समक्ष गरायो ? (ती कुराहरूलाई नहेरी, उनीहरूका बारेमा तपाईंले थाहा पाउनुभएका कुराहरूका आधारमा छलफल गर्नुहोस्) ।
  • परमेश्वरको राज्यको उक्त भोजमा आउने अन्य मानिसहरू को होलान (२९) ?

    ८. (अगुवाले यूहन्ना १०:९ पढिदिनुहोस्) । स्वर्गको ढोकासम्बन्धी येशूले सिकाउनुभएको शिक्षा, कसरी यी दुई स्थानहरूमा फरक छन् ?
  • किन एउटा ढोकाचाहिँ साँघुरो छ र अर्कोचाहिँ कसैले पनि प्रवेश गर्न सक्ने फराकिलो ?

    खुशीको सन्देश: एउटा पापी व्यवस्थाको ढोकाद्वारा बचाइनु भनेको एउटा ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु जस्तै नै हो (मत्ती १९:२४) । व्यवस्थाको ढोकाबाट केवल येशू मात्र जान सक्नुहुन्छ । तरैपनि, सुसमाचारको ढोकाचाहिँ सबैको लागि खुल्ला रहेको छ कि त्यसद्वारा आउनको सबै पापहरू क्षमा हुनेछन् ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २४. भब्य भोज १४:१२–२४



    टिपोट: पहिलो निम्तो पाउने पाहुनाहरू भनेका यहूदीहरू थिए । तर, परमेश्वरको वचनलाई सुनेर विश्वास गर्दै बप्तिस्मा लिने सबैमा अब हामी पद १६–२० लाई लागू गर्न सक्छौं ।

    १. तपाईंले अन्तिम पटक भोज कहिले दिनुभएको थियो ? सम्झनुहोस् । पद १२–१४ मा भएअनुसार नै गर्नुपर्दछ भनी यदि कसैले भनेको भए, तपाईंले के जवाफ दिनुहुने थियो होला ?
  • हाम्रा भोजहरूमा गरिब तथा बिमारीहरूलाई हामीले निम्तो दिनुपर्दछ भनी येशूले भन्नुभयो । किन ?

    २. पद १८–२० लाई हेर्नुहोस् । यी तीन मानिसहरू भोजमा आउन इन्कार गर्नुको मुख्य कारण के थियो ?
  • किन हामी प्राय: हाम्रा सम्पत्तिहरू (१८), कामहरू (१९) तथा हाम्रा जीवनहरू (२०) लाई परमेश्वरको राज्यभन्दा पनि बढी महत्वपूर्ण ठान्छौं ?
  • यी तीनओटा बहानाहरूमध्ये कुनचाहिँ तपाईंको जीवनमा स्पष्ट देखिन्छन् ? (मनमनै उत्तर दिनुहोस्)

    ३. भोजको मालिकलाई पाहुनाहरूले कस्तो प्रकारले हेरे ? निकट भविष्यमा, त्यसको तिरोस्वरूप आफूहरूले पनि भोज दिन नसक्ने थाहा पाएर त्यो निम्तोलाई धेरैले इन्कार गरिदिए (१२ख) भन्ने एउटा व्याख्या हुन सक्छ । यदि यो व्याख्या सही हो भने, आउने इन्कार गर्ने ती मानिसहरूका बारेमा त्यसले के बताउँछ ?
  • आउन इन्कार गर्ने मानिसहरूका सबैभन्दा ठूलो गल्ती के थियो ?

    ४. यो दृष्टान्तमा भएको भोजले स्वर्गलाई सङ्केत गर्दछ । किन धेरै मानिसहरू स्वर्गमा जानको लागि रुचाउँदैनन् ?

    ५. पहिलो चरणमा निम्तो पाउने व्यक्तिहरू तथा अन्तिममा उक्त भोजमा पुगेका मानिसहरूबीच कस्तो ठूलो भिन्नता रहेको छ ?
  • पहिलो समूहले निम्तोलाई इन्कार गरे तापनि, दोस्रो समूह अर्थात् पछिल्लो समूहले स्वीकार गरे । किन ?

    ६. हाम्रा समयको “गरिबहरू, लुलालङ्गडाहरू, अन्धाहरू तथा बहिराहरू को हुन जसले स्वर्ग जाने निम्तोलाई खुशीसाथ सजिलै स्वीकार गर्छन् (२१) ?”
  • निम्तोलाई इन्कार गरेवापत् मूल्य चुकाउनुपर्नेछ भन्नेबारेमा किन यी मानिसहरूले चिन्ता गर्दैनन् ?

    ७. पद २३ ले के कुरालाई सङ्केत गर्दछ ?
  • सुसमाचार प्रचार (सुसमाचार घोषणा)बारे यो पदले हामीलाई के सिकाउँदछ ?

    ८. तपाईं यी दुईमध्ये कुनचाहिँ समूहको हुनुहुन्छ ? (मनमनै उत्तर दिनुहोस्)
  • निम्तोलाई इन्कार गर्ने समूहबाट त्यसलाई स्वीकार गर्ने समूहसम्म सर्नको लागि, परमेश्वरले तपाईंको जीवनमा के काम गर्नुभयो ?

    ९. “आउनुहोस्, अब सब थोक तयार छ (१७) !” यो भोजलाई तयार पार्नको लागि, येशूले कस्तो मूल्य चुकाउनुपन्यो ?
  • येशूले तपाईंलाई यी शब्दहरू भन्नुहुन्छ: “आउनुहोस्, अब सब थोक तयार छ !” तपाईंले कसरी उत्तर दिनुहुन्छ ?

    असल सन्देश: स्वर्गको राज्यमा दिइने यो भोजको लागि, येशू “गरिब, लङ्गडो, अन्धो तथा कुँजो” हुनुपन्यो । त्यसैकारणले, यसमा आउन चाहने सबैको लागि अब यो निम्तो सित्तैँमा दिइएको छ ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २५. हराएको भेडा लूका १५:१–७



    १. कर उठाउनेहरू र पापीहरू परमेश्वरको आवाज सुन्न नसकिने ठाउँहरूसम्म पुग्नुको सम्भाव्य कारणहरूबारे सोच्नुहोस् (१) ।
  • किन कहिलेकाहीँ हामी परमेश्वरको आवाज सुन्न नसक्ने ठाउँसम्म पुगेका हुन्छौं ?

    २. एउटा हराएको व्यक्तिले आफैलाई परमेश्वरसमक्ष भेट्टयाइएको होस् भनेर कसरी उसले/उनले आफैलाई मद्दत गर्न सक्छ र सक्दैन ?
  • येशूले उसलाई/उनलाई भेट्टयाइएको होस् भनेर एउटा पापीले के गर्न सक्छ र के गर्न सक्दैन ?
    जुन मानिसहरूका बारेमा तपाईं चिन्तित हुनुहुन्छ, उनीहरूका सम्बन्धमा यो दृष्टान्तमा कस्तो सान्त्वना समावेश गरिएको छ ?

    ३. एउटा हराएको भेड़ालाई भेट्टयाउनु भन्ने कुरालाई येशूले पश्चातापसँग तुलना गर्नुहुन्छ (७) । यो दृष्टान्तअनुसार, पश्चाताप भनेको के हो ? (मूल पाठमा सीमित रहनुहोस्)

    ४. “पश्चाताप गर्न आवश्यक नभएका यी सम्मानित मानिसहरू” लाई तपाईंको विचारमा कहाँ भेट्टयाइन्छ होला (७) ?
  • फरिसीहरूले घरीघरी पढिरहने एउटा पद यशैयाको पुस्तकमा रहेको छ: “हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ (यशैया ५३:६) ।” पुन: एकपटक यी ९९ भेड़ाहरू भनेका को हुन् ?

    ५. फरिसीहरूले कस्ता पापहरूबाट पश्चाताप गर्नुपर्दछ (२) ?
  • उनीहरू हराएको कुरा किन फरिसीहरूले महसुस गरेनन् ?
  • यी दुईमध्ये तपाईं कुनचाहिँ समूहको हुनुहुन्छ: हराएकाहरू वा पाइएकाहरू ?

    ६. येशूको दृष्टान्तमा, यो उत्सवहरूले स्वर्गमा पाइने अनन्त जीवनलाई सङ्केत गर्दछ । किन त्यो उत्सव केवल हराएको एउटा भेड़ाको निम्ति मात्र थियो र आफैसँग भएको ९९ भेड़ाहरूका लागि चाहिँ थिएन (६) ?

    ७. उसको वा उनको आफ्नै प्रयासले स्वर्गमा पुग्न सक्दैन भन्ने कुराले के बुझाउँछ (५) ?
    ८. पापीहरूलाई निम्तो दिने तथा उनीहरूसँगै खाने येशूलाई हिजोआज हामी कहाँ भेट्टयाउँछौं (२) ?

    खुशीको सन्देश: बप्तिस्मा दिने यूहन्नाले येशूलाई भेड़ासँग तुलना गरे । संसारको पापलाई उठाइलैजाने परमेश्वरको थुमा उहाँ बन्नुभयो (यूहन्ना १:२९) । तर, त्यसको विपरीत येशूलाई मरुभूमिबाट बचाइएन, उहाँलाई त्यहाँ मारियो । उहाँलाई घरसम्म बोकेर लगिएन, तर हाम्रा सबै पापहरू उहाँले बोक्नुभएको थियो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २६. हराएको पुत्र १५:११–२४क



    टिपोट: मध्यपूर्वी क्षेत्रतिर एक्लो तथा विरानो प्रकारले घरहरू बनाउँदैनन् । बरु, जनघनत्व बाक्लो भएको ठाउँतिर नै घरहरू बनाउने चलन छ । त्यसैले घरको छानोबाट हेरेमा मात्र टाढासम्मको दृश्यलाई सजिलै देख्न सकिन्छ । त्यसको साथै, मध्यपूर्वी सँस्कृतिमा सम्मानित व्यक्तिहरू लामो यात्रा कहिल्यै पनि पैदल सवार हुँदैनन् थिए भन्ने कुरा पनि स्मरण गर्नुहोला ।

    १. आफ्नो बाबा त्यति राम्रो तथा सम्पन्न परिवारमा भएको भए तापनि, किन उक्त कान्छो छोरो सन्तुष्ट भएको थिएन ?
  • यदि तपाईं पिताको स्थानमा हुनुहुन्थ्यो भने, आफ्नो छोराको उक्त अनुरोधलाई तपाईंले कसरी उत्तर दिनुहुने थियो होला ?

    २. आफूलाई छोडेर जान चाहने व्यक्तिलाई किन परमेश्वरले रोक्नुहुन्न ?

    ३. त्यसरी प्रदेशमा उक्त कान्छो छोरोले जिएको जीवनबारे तपाईंको के राय छ ? त्यो राम्रो थियो वा थिएन ?
  • किन हिजोआजका धेरै मानिसहरू त्यस्तै जीवनलाई चाहन्छन्: भोलीको वास्ता नगरी लामो यात्रामा जाने र आफूसँग भएको सबै रुपैयाँ पैसालाई सिध्याउने ?


    ४. एउटा यहूदीको लागि सुँगुर भनेको अशुद्ध पशु हो । पद १४–१६ मा वर्णन गरिएको परिस्थितिमा उक्त ठीटो पुगेको थियो । त्यतिबेला उसलाई कस्तो महसुस भयो होला ?
  • त्यो परिस्थितिमा उक्त ठीटोको निम्ति कस्तो विकल्प बाँकी रहेको थियो ?
  • परमेश्वरसँगको तपाईंको सम्बन्धलाई ध्यान दिने क्रममा, तपाईंको वर्तमान परिस्थितिमा के कस्ता विकल्पहरू रहेका छन् होला ?

    ५. पद १८–१९ मा उक्त जवान ठीटोले आफ्नो पाप स्वीकार गरेको कुरा समावेश छ । स्वर्गको विरुद्धमा त्यसले कस्तो पाप गरेको थियो ? किन उसले सर्वप्रथम त्यो पापलाई स्वीकार गन्यो ?
  • आफ्नो पिताको विरुद्धमा उसले गरेको पाप के थियो ?

    ६. कस्तो परिस्थितिमा तपाईंले त्यो उडाऊपुत्रले झैं सोच्नुहुन्छ: “म परमेश्वरको सन्तान कहलाइन योग्य छुईन् (१९) ?”
  • कहिले एउटा व्यक्ति परमेश्वरको सन्तान कहलाइन योग्य ठर्हदछ ?

    ७. आफूले बताउन चाहेको सबै कुरा (पद १८–१९ र २१) लाई किन उसले बताउँदैन ?

    ८. ती वर्षभरि नै उक्त पिताले के गरिरहेका थिए (२०) ?
  • आफ्नो पुत्रलाई उक्त पिताले कहिले क्षमा दिएका थिए ?
  • आफ्नो पिताको प्रेममा उसले कहिले विश्वास गर्न थालेको थियो ?

    ९. यो दृष्टान्तमा येशू को हुनुहुन्छ ?

    खुशीको सन्देश: उडाऊ पुत्रको दृष्टान्तबाट विभेदको माध्यमलाई प्रयोग गर्दै येशूबारे केही कुरा हामीलाई सिकाइएको छ । येशूले पनि आफ्नो पिता र घरलाई छोडेर निस्कनुभयो, तर उहाँ पूर्ण प्रकारले फरक कारणहरू अर्थात् आफ्नो पिताको इच्छालाई पूरा गर्नको लागि निस्कनुभयो । तरैपनि, जब जीवनको अन्त्यतिर उहाँ आफ्नो घरमा फर्किंदै हुनुहुन्थ्यो, तब उक्त उडाऊ पुत्रले झैं उहाँले हृदयदेखि नै गरिएको स्वागतलाई पाउनुभएन । वास्तवमा नै भन्नुपर्दा, उहाँले ठीक विपरीत स्वागत अर्थात् उहाँको मुखैमा ढोका थुनिएको थियो । किन ?





    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २७. अर्को हराएको पुत्र १५:२५–३२



    १. उक्त कान्छो छोरोले झैं जेठो छोरोले पनि किन घर छोडेर गएन ?
  • जेठो छोरोले सबैभन्दा बढी के कुराको चाहना गन्यो ?
  • किन जेठो छोरोको जीवन त्यति खुशीयाली थिएन ?

    २. किन जेठो छोरोले आफैलाई उत्तराधिकारी भएको ठान्नुको सट्टामा, नोकर ठान्यो (१२ख, २९, ३१) ?
  • किन जेठो छोरोले आफ्नो पिताको कुरालाई विश्वास गरेन ?

    ३. कस्तो परिस्थितिमा तपाईंले आफैलाई परमेश्वरको राज्यमा धेरै मेहनत गरेको, तर सान्त्वनास्वरूप “एउटै बाख्रो” पनि नपाएको महसुस गर्नुभयो (२९) ?

    ४. भोजमा प्रवेश गर्नलाई इन्कार गरेर जेठो छोरोले आफ्नो बाबालाई सबै गाउँलेहरूका अघि लज्जित तुल्याइदियो । किन उनले आफ्नो पितालाई प्रेम गर्न सकेनन् ?
  • यदि हामी परमेश्वरलाई प्रेम गर्दैनौं भने, त्यसको सम्भाव्य कारण के हुन सक्दछ होला ? यस दृष्टान्तको आधारमा छलफल गर्नुहोस् ।

    ५. आफ्नो पिताको सबै आज्ञाहरूलाई पालन गरिरहेको ठानेर जेठोले आफैलाई भ्रममा राखेको थियो (२९) । वास्तवमा, आफ्नो छोराका बारेमा यस पिताको इच्छा के रहेको थियो ?
  • कसरी एउटा आत्मिक विश्वासी पनि सचेतनाविना नै परमेश्वरको इच्छाविपरीत जान पुग्दछ ?

    ६. येशूका दृष्टान्तहरूमा, उत्सवहरूले प्राय: स्वर्गलाई सङ्केत गर्दछ । यो दृष्टान्तअनुसार, कोचाहिँ स्वर्ग जान सक्छ र कोचाहिँ जान पाउँदैन ?
    ७. किन येशूले बीचमा नै यो दृष्टान्तलाई रोकेको जस्तो देखिन्छ (३२) ?

    ८. भोलिपल्ट जब उनीहरू आफ्ना खेतमा काम गर्न गए, त्यतिबेला कसरी उनीहरूका मनोभावहरू फरक भएका थिए होलान ? एकैछिन्, त्यो परिस्थितिलाई कल्पना गर्नुहोस् ।

    ९. यो दृष्टान्तमा येशू को हुनुहुन्छ ?

    खुशीको सन्देश: जेठो छोरोले झैं येशूले पनि आफ्नो अधिकार पाउने हक रहेको थियो । तर, उहाँले त्यो हाम्रो खातिर त्यागिदिनुभयो । “परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन। तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो। स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो (फिलिप्पी २:६–८) । आफ्नो दासत्वमा बाँधिरहेको जेठो छोराजस्ता मानिसहरूलाई पनि येशूले त्यसरी नै छुटकारा दिनुहुन्छ । यदि तिनीहरूलाई दिइएको सित्तैँको उत्तराधिकारलाई उनीहरूले बुझेका भए, येशूले तिनीहरूलाई स्वतन्त्र पार्नुहुने थियो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २८. धनी मान्छे र लाजरस १६:१९–३१



    टिपोट: अब्राहाम यहूदीहरूका पुर्खा तथा इसाईहरूका विश्वासका पिता थिए । उनी अति नै धनी मान्छे थिए । “लाजरस” भन्ने नाउँले “परमेश्वरले मद्दत गर्ने मान्छे” वा सरल भाषामा, “परमेश्वरले मद्दत गर्नुहुन्छ,” भन्ने बुझाउँछ । आफ्नो दृष्टान्तमा भएको पात्रलाई येशूले नाउँ उल्लेख गर्नुभएको घटना यो एउटै मात्र हो । “मोशा तथा अगमवक्ताहरू” भनेको येशूको समयमा प्रयोग गरिएको बाइबलको पुरानो नियमको लागि दिइएको सङ्क्षिप्त रूप थियो ।

    १. आफ्नो जीवनकालभरि नै उक्त धनी मान्छेले के कस्ता कुराहरूमा आनन्द मनाउन सक्दथ्यो ? सम्भवभए जतिका कुराहरू सोच्नुहोस् ।
  • यस पृथ्वीमा रहँदा लाजरसको जीवनमा के कस्ता आनन्दमय कुराहरू थिए होलान ?

    २. किन त्यो धनी मान्छेले लाजरसलाई मद्दत गरेन जबकि झण्डै दिनहुँजसो उसले त्यसलाई देखिरहन्थ्यो ?
  • यदि उक्त धनी मान्छेले लाजरसलाई जस्तो प्रकारले व्यवहार गन्यो, त्यसरी नै कसैले तपाईंको बच्चालाई व्यवहार गन्यो भने, त्यस्तो व्यक्तिलाई कस्तो दण्ड दिइनु उचित ठान्नुहुन्छ होला ?
  • तपाईंले मद्दत गर्नुपर्ने हिजोआजका लाजरस भनेको को होला ? (कतिपय मानिसहरू भोजनको लागि मात्र होइन, अन्य कुराहरूको लागि पनि तृषित भइरहेका छन् भन्ने कुरा नबिर्सनुहोला ।)

    ३. किन कसलै आफ्नो बच्चालाई “परमेश्वरले मद्दत गर्नुहुन्छ” भन्नेजस्तो नाउँ दिन चाहनेछन् होला ? विभिन्न कारणहरूबारे सोच्नुहोस् ।
  • यो दृष्टान्तमा भएको गरिब व्यक्तिलाई येशूले यो नाउँ दिन चाहनुभयो । किन होला ?
  • के परमेश्वरले लाजरसलाई मद्दत गर्नुभयो ?

    ४. दैनिक भोजन तथा सुस्वास्थ्यको निम्ति लाजरसले परमेश्वरमा अन्तर्बिन्ती चढाएका थिए भन्ने सम्भावना ज्यादै रहेको छ । आफूले चाहेको जस्तो उत्तर नदिनुहुने परमेश्वरमाथिको एउटा व्यक्तिको विश्वास कस्तो भएर जान्छ होला ?
  • यदि लाजरसले परमेश्वरमा विश्वास नगरेको भए, उसको जीवन त्यस्तो हुने थिएन । कसरी ?

    ५. जब लाजरस मरे, तब कुनै पनि विधिवत् दाहसंस्कारविना नै उनी चिहानमा फ्याँकिएका हुन सक्छन् । “धनी मान्छे गाडियो” भनी शास्त्रले बताउँछ (२२) । अनि त्यस धनी मान्छेको दाहसंस्कारमा कस्तो किसिमको वाचनहरू बोलिएका थिए होलान ?

    ६. किन त्यो धनी मान्छेलाई नरकमा फ्याँकियो ?
  • किन लाजरसलाई स्वर्गमा जाने अनुमति दिइयो ?

    ७. कसरी मानिसहरूले परमेश्वरलाई चिन्न सक्छन् र बचाइन सक्छन् भन्नेसम्बन्धमा, धनी मान्छे र अब्राहामको छलफललाई तपाईंले पद २७–३१ मा देख्नुहुन्छ । त्यसबारे धनी मान्छेले कस्तो ठान्यो ?
  • अब्राहामका अनुसार, किन अच्चमको कामले विश्वास जगाउँदैन ?

    ८. किन कुनै व्यक्ति परमेश्वरको वचनविना बाँच्न सक्दैन (२९–३१) ?

    ९. लाजरसको मृत्यु र जीवन कसरी येशूको जस्तै नै हो ? (उनीहरूका सङ्कष्ट तथा विश्वास आदि कुरालाई ध्यान दिनुहोस्)
  • आफ्नै पुनरुत्थानबारे येशूले के कुरा अगमवाणी गर्नुभयो (३१) ?

    १०. यो दृृष्टान्तद्वारा येशूले “समृद्धिशाली सुसमाचार” बारे के सिकाउनुहुन्छ ? (यदि तपाईंले यो प्रश्नलाई बुझ्नुभएन भने, जवाफ दिन आवश्यक छैन) ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २९. दशले चङ्गाई पाए र एउटै मात्र बचाइए १७:११–१९



    टिपोट: येशूको समयमा, कोरीहरू समाजबाट बहिष्कृत हुन्थे । यदि कसैले आफू निको भएको ठान्दथ्यो भने, उसले आफैलाई पूजाहारीकहाँ प्रस्तुत गराएर निको भएको प्रमाणित गर्नुपर्ने हुन्थ्यो (लेवी १३–१४) । त्यस्तो किसिमले निकोदान पाएका दुई तीनओटा घटनाहरूलाई मात्र हामी पुरानो नियममा देख्छौं । कोरको बारेमा विश्वशब्दकोशले के भन्दछ, तपाईंले हेर्न सक्नुहुन्छ । अनि सामरीहरूलाई यहूदीहरूले निन्दा गर्दथे किनकि उनीहरूलाई ठिमाह तथा विदेशीहरू भएको ठान्दथे ।

    १. यी दश मानिसहरूले जब आफूहरू कोरको शिकार भएका थाहा पाए, त्यतिबेला उनीहरूका अवस्था कस्तो भएको थियो होला ? सोच्नुहोस् । उनीहरू तथा उनीहरूका आफ्ना परिवारको भविष्यबारे तिनीहरूका विचारमा के कस्ता कुराहरू आउन थालेका थिए होलान ?
  • (येशूको समयको कोर तथा वर्तमान समयको एड्सबीच के कस्ता कुराहरू मिल्दोजुल्दो छन्?)

    २. तपाईंको विचारमा, कोरले ग्रसित तथा एक्लो बनाइएका यी मानिसहरूका जीवनका लागि के कस्ता कुराहरू महत्वपूर्ण थिए होलान ?

    ३. यी कोरीहरूले येशूबाट आफ्नो निम्ति के कुरा गरिदिइओस् भनी चाहे ? पद १३ लाई हेर्नुहोस् ।

  • ४. पूजाहारीहरू रहेका ठाउँबाट सामरी र गालीबीचको सिमान्तरेखा भनेको झण्डै नै ५०–६० किलोमिटरको दूरीमा थियो । किन येशूले ती मानिसहरूलाई तत्कालै निको गर्नुको सट्टामा त्यति टाढा पठाउनुभयो होला ? सोच्नुहोस् ।
  • उनीहरू त्यतिबेलासम्म निको नपारिएका भए तापनि, त्यो कठिन यात्रालाई सुरु गर्न के कुराले उनीहरूलाई प्रेरणा दियो ?
  • उनीहरूले जब आफ्नो यात्रालाई सुरु गरे, तब उनीहरू विश्वासीहरू भएका थिए वा अझै अविश्वासमा नै थिए ? तपार्इंको राय के रहेको छ ?
    ५. यहूदी पूजाहरीहरूले सामरीहरूसँग कुनै सरोकार राख्न चाहँदैन थिए । किन एउटा सामरी पनि यहूदीहरूसँगै यात्रामा अघि बढ्यो ?

    ६. किन ती नौंजना यहूदीहरू येशूलाई धन्यवाद दिन आएनन् ? सम्भाव्य विभिन्न कारणहरूबारे सोच्नुहोस् ।
  • किन सामरी व्यक्ति फर्केर आयो र येशूलाई धन्यवाद दियो होला ?

    ७. ती नौंजना फर्केर आई आफूलाई धन्यवाद नचढाएकोमा किन येशू दुखित हुनुभयो ?
  • के तपाईंले पनि यी नौंजना मानिसहरूझैं येशूलाई कहिल्यै दुखित पार्नुभएको छ ?

    ८. “तिम्रो विश्वासले तिमीलाई बचाएको छ” भन्ने अभिव्यक्तिलाई “तिम्रो विश्वासले तिमीलाई बचाएको छ” भनेर पनि अनुवाद गर्न सकिन्छ । किन येशूले सामरीलाई यी शब्दहरू भन्न चाहनुभयो ?


    ९. चङ्गाई खोज्ने विश्वास र येशूलाई खोज्ने विश्वासबीच के भिन्नता रहेको छ ?
  • किन चङ्गाई पार्ने विश्वासले मानिसहरूलाई बचाउन सक्छ भन्ने जरुरी छैन ?

    १०. निको भइसकेपछि, त्यतिका वर्षसम्म लज्जित हुँदै त्यसरी समाजबाट बाहिरिनु परेकोमा ती नौं यहूदीहरूले कस्तो महसुस गरे होलान ?
  • वर्षौंसम्मको उक्त बिमारीले सामरीलाई के बुझायो ?

    खुशीको सन्देश: ती कोरीहरूले झैं येशूले पनि लाज तथा एक्लोपनलाई महसुस गर्नुपरेको थियो । “ ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तोथियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं। निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दुस्ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुस्खमा परेको सम्‍झ्‍यौं (यशैया ५३:३–४) ।”



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३०. एकहोरो लागीरहने विधवा १८: १–८



    टिपोट: येशूको समयमा स्त्रीहरूले नता कसैलाई मुद्दा लगाउन पाउँथे, नता गवाहीको रूपमा खडा हुन नै । त्यस्ता कानुनी मुद्दाहरूलाई उनीहरूका पतिहरूले हेरविचार गर्नुपर्दथ्यो । अनि विधवाले त्यस्तो किसिमको कुनै मद्दत पाएकी थिइनन् भन्ने कुरा स्पष्ट छ । सायद उनका पुरुष नातेदारहरूले तिनको सन्तानहरूबाट पनि उनीहरूका अधिकारहरूलाई हनन् गरेका थिए होलान ।

    १. दिनरात नै परमेश्वरको मद्दतको निम्ति पुकारा गरिरहेको त्यो दिन वा समयलाई याद गर्नुहोस् । किन त्यस्तो बेलामा प्रार्थना गर्नदेखि निरास हुनु स्वभाविक हो (१ र ७) ?

    २. यो विधवाको जीवनबारे एकैछिन्, कल्पना गर्नुहोस् । आफ्नो बच्चाहरूलार्य आफैले मात्र हुर्काउनु र डोन्याउनुपर्दा तिनलाई कस्तो कठिनाइहरू भएको थियो होला ?

    ३. के कुराले कतिपय मानिसहरूलाई यो दृष्टान्तमा भएको न्यायकर्तासँग मिल्दोजुल्दो बनाउँछ ? जस्तै: नता उनीहरूले परमेश्वरको डर मान्छन्, नता मानिसहरूको नै (२) ?
  • किन येशूले परमेश्वरलाई अन्यायिक त्यो न्यायकर्तासँग तुलना गर्नुभयो ?
  • के तपाईंले परमेश्वर अन्यायी न्यायकर्ताजस्तै हुनुभएको कहिल्यै महसुस गर्नुभयो ? यदि गर्नुभएको छ भने, कहिले ?
    ४. त्यो अन्यायिक न्यायकर्ताले अन्त्यमा जसरी भए पनि मद्दत गर्ने कुरामा त्यो विधवा निश्चित थिइन् । किन ?
  • हाम्रा प्रियजन तथा हामी आफैलाई परमेश्वरले अन्त्यमा प्रेम गर्नुहुने कुराद्वारा हामी कसरी निश्चित हुन सक्छौं ?

    ५. घरीघरी मद्दतको निम्ति रोइरहेकी उक्त विधवाको हृदयमा के भएको थियो ?
  • परमेश्वर शान्त रहनु भए तापनि, लामो समयसम्म प्रार्थना गरिरहनाले हाम्रा हृदयमा के हुन्छ ?

    ६. पद ७–८ मा भएको येशूको वचनले के बुझाउँछ ?

    ७. येशू एकपटक न्यायकर्ताको अघि उभिनुभएको थियो । उहाँको र विधवा दुईबीचको समानता तथा भिन्नता के रहेका थिए ? (माथि नहेर्नुहोस्, तर आफ्नो स्मरणबाट छलफल गर्नुहोस्) ।
  • कसरी येशूको प्रार्थना यस विधवाको प्रार्थनाभन्दा फरक छ (३) ?
  • किन येशूको न्याय यस विधवाको भन्दा फरक थियो ?
  • के परमेश्वरले येशूको निम्ति गर्नुभएको निर्णय न्यायिक थियो वा अन्यायिक ?

    ८. कसरी पद ८ख यो दृष्टान्तसँग सम्बन्धित छ ?

    ९. यो दृष्टान्तले तपाईंलाई प्रार्थनाबारे व्यक्तिगततौरमा के कुरा सिकाउँछ (पद १, ५, ७, ८) ?

    खुशीको सन्देश: पिलातसले येशूलाई मृत्युको दण्ड सुनाउँदा, उनी अन्यायिक न्यायकर्ता भएका थिए । तर, परमेश्वरले त्यसरी नै येशूलाई मृत्युदण्ड दिनुहुँदा उहाँ न्यायिक ठहरिनुभयो किनकि त्यतिबेला, तपाईंको र मेरो सबै पापहरूलाई उहाँमाथि खन्याइएको थियो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३१. को धर्मी छ ? १८:९–१४



    टिपोट: मन्दिरमा येशूले फरिसी र कर उठाउने दुई व्यक्तिहरूबारेको एउटा दृष्टान्त भन्नुभयो र त्यसको प्राथमिक शिक्षा भनेको धर्मीकरणको सिद्धान्त हो । यो सिद्धान्तले यो प्रश्नको उत्तर दिन्छ: कसरी हामी परमेश्वरको अघि सही ठर्हदछौं र स्वर्गमा पुग्छौं ? येशूको समयमा, फरिसी भन्ने शब्दले मानिसहरूका विवेकमा स्व–धर्मी पखण्डीको तस्विर आउँदैन थियो, तर परमेश्वरमाथि विश्वास राख्ने र उहाँको भय मान्ने एउटा ईमानदार व्यक्तिको । अनि फरिसीहरू गरिबहरूका पक्षमा पनि थिए र त्यसैले गर्दा उनीहरू मानिसहरूका माझ प्रख्यात थिए । तर, अर्कोतिर हेर्दा, कर उठाउनेहरू छल गर्नेहरू तथा गरिबहरूलाई लुट्नेहरू थिए ।
    १. यी दुवै मानिसहरूले परमेश्वरमा विश्वास गरे भन्ने कुरा केसले सङ्केत गर्दछ ?
  • यहूदीहरूका लागि, मन्दिर भनेको प्रायश्चितको स्थान तथा परमेश्वरको भेट गर्न सक्ने स्थान हुन्थ्यो ।
    हाम्रो पाठमा भएको फरिसी केको लागि मन्दिरमा गयो ? छलफल गर्नुहोस् ।
  • के कारणले गर्दा, उक्त कर उठाउने व्यक्ति मन्दिरमा गएको थियो ?
    २. फरिसी के कुराको लागि धन्यवादी थियो ? उसले गरेको प्रार्थनालाई हेर्नुहोस् ।
  • परमेश्वरले उसको जीवनमा गर्नुभएको कुनै पनि कुरालाई किन फरिसीले आफ्नो प्रार्थनामा उल्लेख गरेन ?
  • फरिसीको लागि, धर्मीकरणको सिद्धान्त भनेको के थियो ? (माथिको टिपोटलाई हेर्नुहोस्) ।

    ३. यो दृष्टान्तमा भएझैं के तपाईंले कहिल्यै उक्त कर उठाउने व्यक्तिले झैं प्रार्थना गर्नुभएको छ ? (मनमनै उत्तर दिनुहोस्) ।
  • कर उठाउनेले गरेको प्रार्थनाको ग्रीक भाषामा भएको क्रियापदले निम्नलिखित अर्थ निकाल्दछ: “परमेश्वर पिता, तपाईंलाई यस मन्दिरमा चढाइएको बलिदानको खातिर ममाथि दया देखाउनुहोस् ।” कर उठाउनको धर्मीकरणको सिद्धान्त के थियो ?

    ४. कसरी हामी पनि यो दृष्टान्तमा भएको फरिसीजस्तै छौं ?
  • परमेश्वर तथा आफ्ना छिमेकीहरूका विरुद्ध फरिसीले गरेका पाप के थिए ?
  • किन फरिसी आफ्नो एउटै मात्र पापप्रति पनि सचेतन भएन ?

    ५. फरिसीको विश्वास भनेको उक्त कर उठाउने व्यक्तिको भन्दा अति नै बलियो थियो । किन प्राय: झुटो विश्वास साँचो विश्वासभन्दा बलियो भएको जस्तै देखिन्छ ?

    ६. मन्दिरबाट फर्केर जाने क्रममा, यी दुईमध्ये कोचाहिँ धर्मी थिए भन्ने कसलाई थाहा थियो ? (पाठमा सीमित रहनुहोस्) ।
  • “त्यसपछि, उक्त कर उठाउने व्यक्तिले छलीद्वारा कसैबाट धेरै पैसा लिएको भए, ती सबै फर्काउँदै ऊ एउटा सम्मानित व्यक्तिमा परिवर्तन भएको थियो,” भन्ने शब्दहरूद्वारा किन येशूले आफ्नो यस दृष्टान्तलाई अन्त्य गर्नुभएन ?

    ७. सायद धेरै मानिसहरूका जीवनलाई उक्त कर उठाउने व्यक्तिले ध्वस्त पारेको थियो होला । आफ्नो पापको कारण उसले पाउनुपर्ने दण्ड अब के भएको थियो ?

    ८. एउटा व्यक्तिलाई धर्मी ठहराउने क्रममा, उसको भूमिका के रहन्छ ?
  • धर्मी ठहराउने क्रममा, परमेश्वरको कस्तो भूमिका रहन्छ ?
  • धर्मी ठहराउने कार्यमा, बलिदानको भूमिका के कस्तो रहन्छ ?

    खुशीको सन्देश: मन्दिर चढाइने बलिदान भनेको येशूको मृत्युको एउटा नमूना थियो । वास्तवमा भन्नुपर्दा, येशूले दिनुभएको बलिदानको आधारमा नै त्यो कर उठाउने व्यक्तिले क्षमादान मागेको थियो । उसका पापहरू येशूमा खन्याइएको थियो भने, उहाँको धार्मिकताचाहिँ त्यो व्यक्तिमा ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३२. कर उठाउने व्यक्ति रूखमा १९:१–१०



    टिपोट: येशूको समयमा कर उठाउने मानिसहरू अत्याचार गर्नमा प्रख्यात हुन्थे । जति कर उठाउनुपर्ने हो, त्योभन्दा बढी मानिसहरूबाट असुली बढी रकमलाई उनीहरू आफैले राख्ने गर्दथे । प्राय: हामी येशूलाई गरिब तथा सतावटमा परेका मानिसहरूको पक्ष लिइरहेको देख्छौं, तर यहाँ सताउने ती व्यक्तिहरूका पक्षमा हामी उहाँलाई देख्छौं । यहूदी सँस्कृतिमा, भोजनको निम्ति कसैको घरमा जानु भनेको मित्रताको चिन्ह हुन्थ्यो ।

    १. यरीहोको प्रमुख कर अधिकारी, जक्कैको दिनहुँको जीवन कस्तो थियो ? उनको कतिपय सकारात्मक तथा नकारात्मक पक्षहरू के कस्ता थिए ?

    २. कसरी जक्कैले आफ्नो जीवनशैली तथा आफूले गर्ने व्यवहारलाई पुष्टि गर्न सकिरहेका थिए ?
  • किन जक्कैलाई त्यतिधेरै पैसा चाहिएको थियो होला ?

    ३. किन जक्कैले येशूलाई देख्न चाहे ? धेरैभन्दा धेरै कारणहरू उल्लेख गर्नुहोस् ।
    के प्रमुख कर अधिकारीजस्तो ओहदाको व्यक्तिले आफैलाई त्यसरी रूखमा चढाएर सबैको तमासा बनाउन चाहन्थे होला ? आफ्नो कारणहरू दिनुहोस् ।

    ४. अनुचित तरिकाले आफूसँगबाट पैसा उठाएको कुनै घटनालाई याद गर्नुहोस् । यदि तपाईं पनि जक्कैको शिकार भएको व्यक्ति हुनुहुन्थ्यो, पद ५ मा येशूले तिनीसँग गर्नुभएको व्यवहारप्रति तपाईंले कस्तो महसुस गर्नुहुनेथियो होला ?

    ५. जक्कैसँगको येशूको पहिलो भेट किन अच्चमलाग्दो छ ? यरीहोमा पहिलो पटक उहाँ यतिनैबेला पुग्नुभएको थियो भने, त्यो नै अन्तिम पनि थियो भन्ने कुरा स्मरण रहोस् ।

    ६. जक्कैले कहिले येशूमा विश्वास गर्न थालेका थिए (५–८) ? विभिन्न सम्भाव्यताहरूलाई छलफल गर्नुहोस् ।

    ७. यदि येशूले जक्कैलाई “छिटो छिटो तल आऊ र आफ्नो आधाजसो सम्पत्ति गरिबहरूलाई बाँड़िदेऊ र त्यसपछि मात्र म तिम्रो घरमा आउँछु,” भनी भन्नुभएको कस्तो हुने थियो होला ?
  • यदि येशूले तपाईंलाई “पहिले तिम्रो पापहरूबाट पश्चाताप गर र त्यसपछि मात्र तिम्रो साथी हुन्छु,” भनी भन्नुभएको भए, तपाईंले कसरी प्रतिउत्तर देखाउनुहुनेथियो होला ?

    ८. एकैदिनमा, आफ्नो सम्पत्तिको आधाभन्दा बढी पैसा बाँड़िदिनु भनेको कस्तो हुन्छ होला, कल्पना गर्नुहोस् । के कुराले तपाईंलाई त्यस्तो अभिप्रेरणा दिन्छ ?
  • आफूले बाँड़िदिएको सबै पैसाको बावजुद, जक्कैले के पाए ?

    ९. जक्कै तथा यरीहोका मानिसहरूबीच रहेको ठूलो भिन्नता केसमा थियो ? (पद ७)
  • किन येशूले सहरको सबैभन्दा घिनलाग्दो व्यक्तिलाई भेट्न चाहनुभयो ?

    १०. येशूले तपाईंलाई: “म आज तिम्रो घरमा बस्नुपर्दछ,” भनी भन्नुभयो । उहाँ तपाईंको घरमा बस्न चाहनुहुन्छ । तपाईंले कसरी उसलाई जवाफ दिनुहुन्छ ?

    ११. यो पाठमा कसले कसलाई खोजिरहेका थिए: जक्कैले येशूलाई वा येशूले जक्कैलाई (३,९,१०) ?

    खुशीको सन्देश: यरूशलेममा क्रूसिकरण हुन जाने क्रममा, येशूले यरीहोको बाटोलाई लिनुभयो । सायद, त्यो जक्कैको लागि मात्र थियो । जब येशूले जक्कैको पापहरू क्षमा दिनुभयो, तब ती सबै दण्डहरूलाई आफूले बोक्नुपर्ने थियो भन्ने कुरा उहाँलाई थाहा थियो । पापहरूको क्षमादान जक्कैको सित्तैँमा पाएका थिए भने, त्यो हाम्रो निम्ति पनि सित्तैँमा दिइएको छ, तर येशूले त त्यसको निम्ति आफ्नो जीवनद्वारा मूल्य चुकाउनुभयो ।









    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३३. अन्तिम दृष्टान्त २०:९–१९



    टिपोट: दाखको बारीले सर्वप्रथम यहूदी तथा विशेष गरी उनीहरूका अगुवाहरूलाई सङ्केत गर्दथ्यो भने, त्यसले अहिले अर्थात् अन्त्यको समयहरूमा इसाई मण्डलीलाई पनि सङ्केत गर्न सक्छ ।

    १. ती मोहीहरूले दाखबारीको मालिक कस्ता ठानेका थिए ?
  • आफ्ना मालिकको बारेमा उनीहरूले कस्तो गल्ती गरे ?
  • यो दृष्टान्तद्वारा येशूले परमेश्वर र मानिसबीचको कस्तो सम्बन्धलाई चित्रण गर्नुहुन्छ ?

    २. पहिलो नोकर रित्तो हात लिएर घर फर्किंदा किन मालिकले केही पनि गरेनन् (१०)?
  • किन ती मोहीहरूले पठाइएको नोकरहरूमाथि झन् झन् दुव्र्यवहार गर्दै गए (१०–१२) ?
  • किन परमेश्वरले आफ्ना सेवकहरूलाई दुरुपयोग गरिएको तथा सताइएको कुराबाट बचाउनुहुन्न ?

    ३. परमेश्वरले हामीबाट कस्तो फल चाहनुहुन्छ ?
  • परमेश्वरले हाम्रा मण्डलीबाट कस्तो फल चाहनुहुन्छ ?
  • किन कहिलेकाहीँ हाम्रा मोहीको फल परमेश्वरलाई दिनमा हिचकिचाउँछौं ?

    ४. आफ्नो प्रिय पुत्रलाई दाखबारीमा पठाउँदा, मालिकको आशय के थियो ?
  • आफ्नो जीवनलाई जोखिममा पार्न सक्ने ठाउँमा तपाईंले आफ्नो बच्चालाई पठाउनुको कारणहरू के हुन सक्छन् ?
  • परमेश्वरले आफ्नो एक मात्र पुत्रलाई यस संसारमा पठाउनुको कारण के थियो ?

    ५. कुन कुराले ती मोहीहरूलाई आफ्नो मालिकको छोरालाई समेत मार्न सक्ने सहास दिलायो ?
  • कुन कुराले मानिसलाई परमेश्वरको पुत्रलाई समेत मार्न सक्ने सहास दिलायो ?
  • कसरी हामी सबै नै येशूको मृत्युको जिम्मेवार छौं ?

    ६. येशूको मृत्युको जिम्मेवार रहेका ती मानिसहरूलाई के हुनेछ (१६) ?
  • कसरी पद १६ लाई तपाईंले अन्त्यको समयमा रहेका इसाई मण्डलीमा लागू गर्न सक्नुहुन्छ ?

    ७. मोहीहरूको दृष्टान्तलाई सिध्याइसक्नुभएपछि, येशूले आफ्नो मृत्युबारे अर्को प्रख्यात तस्विरलाई प्रयोग गर्नुभयो: भवनको कुने ढुङ्गो । पद १७–१८ ले के बुझाउँछ ?
  • एउटा मण्डली वा इसाईले उसको वा उनको विश्वासको उक्त कुने ढुङ्गोलाई कसरी फ्याँक्न पुग्छन् ?

    ८. येशूले आफ्नो अन्तिम दृष्टान्तद्वारा यहूदी अगुवाहरूलाई के भन्न चाहनुभयो ?
  • यो दृष्टान्तद्वारा येशूले मण्डलीका अगुवाहरूलाई के भन्न चाहनुहुन्छ ?
  • यो दृष्टान्तद्वारा येशूले तपाईंको व्यक्तिगत जीवनमा के भन्न चाहनुहुन्छ ?



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३४. विधवाको भेटी २१:१–४



    टिपोट: पुरानो नियममा, विधवा तथा टुहुराको लागि दिइएको थुप्रै प्रतिज्ञाहरू छन् । जस्तै: भजन १०:१४, १७, १८ र ६८:५ । हाम्रो पाठमा भएको विधवाले सायद यी प्रतिज्ञाहरूका बारेमा सुनेकी थिइन् । यस्ता भेटीहरू मन्दिर निर्माणको कार्यमा प्रयोग गरिएका थिए र त्यो कार्य सन् ६३ मा पूरा भएको थियो भने, यी घटनाहरूको चालीस वर्षपश्चात् सन् ७०तिर त्यसलाई ध्वस्त पारिएको थियो ।

    १. किन मानिसहरूले सबै किसिमका धर्महरूमा भेटीहरू दिने गर्छन् ?
  • मर्कूसले यो कथाको विवरणमा भेटीपात्र सबैले स्पष्टसँग देखिने ठाउँमा राखिएको कुरा हामीलाई बताउँछन् (मर्कूस १२:४१) । यदि कसैले दिइएको भेटी अरूले पनि सजिलैसँग देख्न सक्दथे भने, त्यसले दिने व्यक्तिलाई कस्तो महसुस गराउँथ्यो होला ?
  • येशूले तिनलाई ध्यान दिएर हेरिरहनुभएको थियो भन्ने कुरा यदि तिनलाई थाहा भएको भए, तिनले कस्तो महसुस गर्ने थिइन् होला ?

    २. तीदिनहरूमा यहूदी समुदायमा सामाजिक सुरक्षा प्रणालीजस्तो कुनै पनि चिजहरू थिएन भने, महिलाहरू घरभन्दा बाहिर गएर काम गर्ने अनुमति थिएन । त्यस्तो परिस्थितिमा तपाईंले आफ्नो पतिलाई गुमाउनुभएको र आफू एक्लैले बच्चाहरू हेर्नुपर्ने भएको एउटा परिस्थितिलाई कल्पना गर्नुहोस् । तपाईंको निम्ति सबैभन्दा कठिन कुरो के हुने थियो होला ?
  • यदि माथि वर्णन गरिएको परिस्थितिमा तपाईं हुनुहुन्थ्यो भने, कसको वा कुन कारणको लागि तपाईंले आफूसँग भएको सबै पैसा खर्च तयार हुनुहुनेछ होला ?

    ३. केसले एउटा व्यक्तिलाई आफूसँग भएको “जीवन धान्नको लागि राखिएको सबै पैसा” परमेश्वरलाई दिन सक्ने तुल्याउँछ (४ख) ? विभिन्न सम्भाव्यताहरूबारे सोच्नुहोस् ।

    ४. यदि आफूसँग भएको अन्तिम पैसासमेत दिनको लागि परमेश्वरले बाध्य पार्नुभएको थियो भने, त्यस्तो परमेश्वरको बारेमा तिनले के सोच्ने थिइन् होला ?
  • यी दुई मानिसहरूका विश्वास एक–अर्कासँग कसरी फरक छन्: आफूसँग भएका सबै कुराहरूलाई जुटाइदिने परमेश्वर हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई धन्यवाद चढाउने तथा परमेश्वरबाट केही पाइन्छ कि भन्ने आशासाथ उहाँलाई भेटी दिने व्यक्ति ?

    ५. यो विधवाको विश्वास कस्तो थियो ?
  • परमेश्वरले तिनको बच्चाहरूलाई वास्ता गर्नुहुनेथियो भन्ने कुराद्वारा यी विधवा कसरी विश्वस्त भइन् ?
  • परमेश्वरले तपाईं तथा तपाईंका सन्तानहरूसमेत आर्थिक रूपमा वास्ता गर्नुहुनेछ भन्ने कुरा बुझ्नमा के तपाईंलाई कठिनाइ हुनेछ ?

    ६. यो विधवाले परमेश्वरबाट के पाएकी थिइन् ?
  • परमेश्वरबाट तपाईंले के पाउनुभयो (यस विधवाको तुलनामा) ?

    ७. त्यस रात त्यो विधवा र तिनको बच्चा भोकै अवस्थामा नै सुत्नु परेको थियो होला र ? आफ्ना तर्कहरू दिनुहोस् ।
  • आफ्ना छोराछोरीहरूका लागि कुनचाहिँ कुरा हानिकारक हुन्छन्: आधारभूत कुराहरूबाट बञ्चित गराउनु वा उनीहरूका हरेक इच्छालाई पूरा गर्नु ?

    ८. कुन कुरा आज तपाईंले परमेश्वरलाई वा सङ्कष्टमा परेको छिमेकीलाई प्रदान गरेको चाहनुहुन्छ होला ? तपाईंले मनमनै पनि उत्तर दिन सक्नुहुन्छ ।

    ९. यो विधवाले आफ्नो बच्चाहरूका लागि सम्पत्तिस्वरूप के छोडेर गएकी थिइन् ?
  • यो पाठमा भएको धनी व्यक्तिले आफ्ना सन्तानहरूलाई छोडेको कुरा तथा विधवाले आफ्ना बच्चाहरूलाई छोडेको सम्पत्तिलाई तुलना गर्नुहोस् ।
  • आफू मरेर जाँदा तपाईंले आफ्नो बच्चाहरूलाई के कुरा छोडेर जान अति नै मन पराउनुहुनेछ ?

    खुशीको सन्देश: हाम्रा पापहरूलाई बाइबलको ठूलो धनराशीसँग तुलना गरिएको छ: दश हजार सुनको सिक्का । आफ्नो ऋण तिर्न नसक्ने हामीलाई प्रत्येकलाई नरकमा फ्याँकिनेछ । जब येशूले हामीलाई यति ठूलो धनराशीको ऋणबाट चुक्ता गर्न चाहनुभयो, तब उहाँले आफू जिउने आधार अर्थात् आफ्नै रगतको पनि मूल्य चुकाउनुपन्यो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३५. पत्रुसले आफ्नो मालिकलाई इन्कार गर्छन् २२:३१–३३ र ५४–६२



    टिपोट: मानिसहरूका अघि येशू नै प्रभु हुनुहुन्छ भनेर घोषणा गर्न इन्कार गर्नु भनेको डरलाग्दो पाप हो भनी देखाउनको लागि अगुवाले मत्ती १०:३२–३३ पढिदिन सक्छन् ।

    १. आफूलाई अति नै प्रेम गर्ने व्यक्तिले, यदि आज तपाईंले उसलाई छोडिदिनुहुनेछ भनी अगमवाणी गन्यो भने, तपाईंको प्रतिक्रिया कस्तो हुन्छ होला ?
  • पद ३४ मा येशूले पत्रुसबारे गर्नुभएको अगमवाणीलाई तिनले किन विश्वास गर्न सकेनन् ?

    २. किन पत्रुसले अन्य चेलाहरूको विपरीत येशूलाई उच्च पूजाहारीको न्यायलयसम्मै पछ्याए ?

    ३. पत्रुसले येशूलाई तीनपटक इन्कार गर्ने क्रममा, उनी कुन कुरासँग डराएका थिए ?
  • यदि तपाईं पत्रुसको स्थानमा हुनुहुन्थ्यो भने, तपाईंले के गर्नुहुनेथियो होला ?
  • कस्तो परिस्थितिमा तपाईंले आफ्नो इसाई विश्वासलाई इन्कार गर्ने परीक्षामा पर्नुहुन्छ ?

    ४. पद ६१ मा, येशूले पत्रुसलाई दिनुभएको अन्तिम बिदाई वर्णन गरिएको छ । विश्वासबाट तर्किएको आफ्नो चेलाको अनुहारमा त्यसरी अन्तिम पटक हेरेर येशूले के कुरा संचार गर्न चाहनुहुन्थ्यो ?
  • एउटा बयस्क मान्छे त्यसरी रुनु पछाडि के कारण रहेको थियो (६२) ?

    ५. त्यसदिन येशूसँग पत्रुसले गरेको वार्तालापबारे यतिबेला उनले के सोचे होलान (३१–३४) ?
  • येशूले तिनको निम्ति प्रार्थना गर्नुभएको र प्रार्थना गरिरहनुभएको कुराले पत्रुसलाई के बुझाउँथ्यो ?

    ६. प्रारम्भतिर, येशू मारिनुहुने कुरा सुन्दा पत्रुसले घोर आपत्ति जनाएका थिए । यस घटनाबाट येशू किन मर्नुपर्ने थियो भन्नेबारेमा पत्रुसले के सिके ?



    ७. उक्त घटनाले कसरी पत्रुसलाई आफ्ना भाइहरूलाई शक्तिशाली पार्ने क्षमता प्रदान गन्यो ?
  • हाम्रा कमजोरी अर्थात् हामीले पाप गर्नपुग्दा, कसरी त्यसले हाम्रा विश्वासमा रहेका दाजुभाइ तथा दिदीबहिनीलाई हौसलारूपी सहास दिनको लागि, सक्षम पार्दछ ?

    ८. पत्रुस पतन हुँदा येशूले जसरी उहाँलाई हेरिरहनुभएको थियो, त्यही नजरले उहाँले तपाईंलाई यतिबेला हेरिरहनुभएको छ । उहाँको नजरले तपाईंलाई के बताउन खोजिरहेको छ ?

    खुशीको सन्देश: पत्रुसले आफ्नो प्रभु तथा मालिकलाई इन्कार गरे, तर उनलाई क्षमा दिइयो । तर, हाम्रा सबै कायरता तथा पापको दण्डलाई उहाँले त्रूmससमक्ष लिएर जाँदा येशू आफ्नै पिताबाट इन्कार गरिनुभयो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३६. स्वर्गको ढोकाहरू खोलिएका छन् २३:३२–४३



    टिपोट: येशूको समयमा, डरलाग्दा अपराधीहरूलाई मात्र त्रूmसमा चढाइन्थ्यो । येशूसँगै त्रूmसमा टाँगिएका अपराधीहरूले पैसाको निम्ति कि त मान्छेलाई मारेको वा अन्य डरलाग्दो अपराध गरेको हुनुपर्दछ भन्ने अनुमान लगाउन सकिन्छ ।

    १. किन यी दुई अपराधीहरूले कुन कारणले गर्दा चोरेका वा हत्या गरेका थिए होलान ? विभिन्न कारणहरू सोच्नुहोस् ।
  • यी दुई अपराधीहरूका पनि आमाहरू वा परिवारहरू थिए होलान । अब उनीहरूका ती परिवारहरूका दैनिक हालत कस्तो भएको थियो होला, कल्पना गर्नुहोस् ।
  • किन यी दुई अपराधीहरूले त्यो दण्ड पाउनुभन्दा अगावै आफ्ना अपराधहरूलाई छोडेनन् होला ?
  • हाम्रो आफ्नै तथा अरूका लागि हानिकारक साबित हुने बानीहरूलाई किन हामी रोक्दैनौं ?

    २. ती दुई अपराधीहरूले येशू क्रूसमा टाँगिनुभएको कुरालाई अरूभन्दा एकदमै निकटबाट देखे । येशूले बोल्नुभएको कुन वचन तथा कार्यद्वारा कसरी ती दुईमध्ये एउटालाई प्रभावित बनायो (३४–३८) ?
  • यी दुई मानिसहरू घृणा र प्रतिशोधको संसारमा जिइरहेका थिए । पद ३४ मा भएको येशूको प्रार्थनाबारे उनीहरूले के ठाने होलान ?

    ३. कुन कुराले एउटा अपराधीलाई आफ्ना पापहरूबाट सचेतन बनायो ?
  • हाम्रा आफ्ना पापहरूको प्रतिरक्षा गर्नुको सट्टामा, कुन कुराले हामीलाई त्यो स्वीकार गर्ने तुल्याउँछ ?

    ४. कुन कुराले गर्दा, दुई मध्येको एउटा अपराधीलाई येशू नै राजा हुनुहुन्थ्यो भन्ने कुरा स्वीकार गर्ने बनायो (३७,३८, ४२) ?
  • त्यतिबेला, अन्य राजाहरूका तुलनामा येशू कस्तो किसिमको राजा हुनुहुन्थ्यो ?


    ५. येशू नता राजा वा ख्रीष्ट नै हुनुहुन्थ्यो भन्ने निष्कर्षमा कसरी अर्को अपराधी आइपुग्यो ?
  • किन सधैँ नै साँचो विश्वास जाग्नुअघि पापबारेको सचेतना आउँदछ ?

    ६. पद ४२ मा हामी छोटो प्रार्थना देख्छौं: “तपाईं आफ्नो राज्यमा राज गर्न आउनुहुँदा, येशू प्रभु मलाई सम्झनुहोला ।” किन यो अपराधीले आफ्नो राज्यमा मलाई पनि प्रवेश गर्नु दिनुहोला भनी अनुरोध गरेन ?
  • सङ्कष्टमा हुँदा किन हाम्रा घनिष्ट व्यक्तिहरूका सम्झना हाम्रो निम्ति सान्त्वना बन्न पुग्दछ ?
  • नरकतिर आफ्नो गन्तब्यमा लम्किरहेको एउटा हत्याराले येशूद्वारा आफ्नो सम्झना गरिएको चाहना गन्यो । किन होला ?
  • कस्तो परिस्थितिमा यस प्रकारको प्रार्थनालाई तपाईं आफैले गर्नुहुनेछ होला ? कल्पना गर्नुहोस् ।

    ७. उक्त अपराधी कहिले बचाइएको थियो ?
  • त्यो अपराधीको पापहरू के भए ?

    ८. यो अपराधीको निम्ति इसाई जीवनको समयावधि भनेको केवल ६ घण्टा मात्र रह्यो । आफ्नो अन्तिम समयमा, के ऊ खुशी थियो वा दुखी थियो होला ?

  • के आफ्नो मृत्युशैयामा उसले कसैलाई घृणा गरेको थियो होला र ?
  • मानवीय दृष्टिकोणबाट हेर्दा, उक्त अपराधीले आफ्नो जीवनलाई नष्ट गरेको थियो । तरैपनि, उसको जीवन महत्वपूर्ण रहेको उसले प्रमाणित गर्न सक्यो । कसरी ?

    खुशीको सन्देश: आदम र हव्वापश्चात्, स्वर्गको ढोका सबै पापीहरूका लागि, बन्द गरिएको थियो । यतिबेला एउटा हत्याराको लागि पनि उक्त ढोका खोलिएको छ । तर, त्यतिनै बेला येशूको निम्ति उक्त ढोका बन्द भएको थियो र उहाँले नरकको ढोकाबाट प्रवेश गर्नुपरेको थियो ।



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३७. इम्माउसको बाटो २४:१३–३५



    टिपोट: एम्माउस भनेको यरूशलेमबाट ११ किलोमिटरको दूरीमा पर्दथ्यो । त्यहाँसम्म पुग्नको लागि, कम्तीमा दुई घण्टा लाग्ने थियो । येशू मर्नुहुँदा उहाँको नजीकै उभिएर रहने क्लोपासकी पत्नी मरियमको बारेमा बताइएको छ (यूहन्ना १९:२५) । तिनी यो पाठमा भएकी क्लोपासकी पत्नी हुन सक्ने सम्भावना ज्यादै रहेको छ ।

    १. यदि तपाईंले आफ्नो प्रियजनलाई गुमाउनुभएको छ र उसको/उनको दाहसंस्कारमा तपाईं उभिरहनुभएको छ भने, तपाईंको मनमा विभिन्न किसिमका चिन्तनहरू, भावनाहरू तथा वेदनाहरू गुञ्जिरहेका हुनेछन् भन्ने सायद तपाईंलाई थाहा नै छ । तीबारे हामीलाई बताउनुहोस् ।
  • दुई दिन अघि मात्र येशू त्रूmर प्रकारले मर्नुभएको थियो । ती दिनहरूमा क्लोपास तथा उनका साथीहरूका लागि सबैभन्दा कठिन कुरा के भएको थियो ?

    २. किन येशूले यी दुई वेदनामा परेका मानिसहरूलाई उनीहरूका पीडा व्यक्त गर्न अनुमति दिनुभयो (१५–१७) ?
  • यदि येशूले तत्कालै बाइबलबाट उनीहरूलाई आफ्नो कष्टबारे बताउन कोसिस गर्नुभएको भए, के हुने थियो होला ?
  • येशूलाई हाम्रा सबै वेदनाहरू अघिबाट नै थाहा भइसकेको छ । तरैपनि, किन उहाँले ती हाम्रा आफ्नै मुखबाट सुन्न चाहनुहुन्छ ?

    ३. येशूको मृत्युपछि, कसरी यी दुई व्यक्तिहरूका विश्वास परिवर्तन भए (१९–२१) ?
  • पुनरुत्थानबारे ती महिलाहरू तथा अरूले उनीहरूलाई बताएका कुरा किन यी दुई स्त्रीहरूले विश्वास गरेनन् (२२–२४) ?

    ४. येशूले आफ्नै मृत्युबारे बताउनुभएको कुरा तथा त्यसबारे क्लोपास तथा उनका साथीहरूले बताएको कुराबीच के कस्ता भिन्नता रहेको छ (१९–२१ र २५–२७) ?

    ५. किन क्लोपासले मोशा तथा अगमवक्ताहरू (बाइबल) बाट ख्रीष्ट सताइन तथा मर्न आवश्यक थियो भन्ने कुरा बुभ्mन सकेनन् ?

    ६. किन येशूले आफैलाई अति नै टाढा गएको जस्तोगरी व्यवहार गर्नुभयो (२८) ?

    ७. किन येशूले रोटी नभाँचुनजेलसम्म येशू को हुनुहुन्थ्यो भन्ने कुरा विश्वास गर्न सकेनन् ?

    ८. कुन कुराले गर्दा, यी मानिसहरूलाई अँध्यारोमा पनि ११ किलोमिटरको यात्रा पार गर्दै यरूशलेममा फर्किने बनायो ?

    ९. हिजोआज हाम्रा दिनहरूमा, आफैलाई इसाईहरू हो भनी दाबी गर्नेहरूले समेत येशूको शारीरिक बौरिउठाइमा विश्वास गर्दैनन् । यस्ता मानिसहरूले कस्ता ईश्वरहरूमाथि विश्वास गर्छन् ?
  • येशूको शारीरिक बौरिउठाइमा विश्वास गर्न नसक्ने एउटा व्यक्ति कसरी साँचो इसाई हुन सक्दैन ?

    खुशीको सन्देश: आफ्नो हातमा काँटीको दागहरूसाथ येशूले क्लोपासको घरमा रोटी भाँच्नुभयो । यी दुई मानिसहरूले येशूलाई यिनै दागहरूद्वारा येशूलाई पहिचान गरेका हुन सक्छन् । तसर्थ, हामी पनि प्रभुभोजमा सहभागी हुने क्रममा, बौरि उठ्नुभएको ख्रीष्टलाई भेट गर्न सक्छौं ।



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com