GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

२. गोठालाहरू चउरमा २:८–२०



टिपोट: येशू ख्रीष्टको दिनहरूमा, गोठालाहरूलाई तुच्छ मानेर हेर्ने चलन थियो किनकि उनीहरूले विश्राम दिनलाई पालन गर्न सक्दैनन् थिए । उदाहरणको लागि उनीहरूलाई अड्डाअदालतहरूमा साक्षीको रूपमा स्वीकार गरिँदैन थियो । पुरानो नियममा हेर्ने हो भने, स्वर्गदूतहरू केबल अब्राहाम, इजकिएल तथा दानिएलजस्ता महान् व्यक्तिहरूकहाँ मात्र देखा पर्ने गर्दथे ।

१. यहूदाको पर्वततिर भएका यी गोठालाहरूका दैनिक जीवनबारे एकैछिन् कल्पना गर्नुहोस् । उनीहरूका आनन्द तथा दु:ख के कस्ता थिए ?
  • परमेश्वरको आज्ञा अर्थात् विश्राम दिनलाई पालन गर्नुपर्ने आज्ञालाई मान्न नसकिरहेका ती गोठालाहरू तथा परमेश्वरबीचको सम्बन्धबारे तपाईंले के ठान्नुहुन्छ ?

    २. थुप्रै धर्मी मानिसहरू रहेका बेथेलेहम यरूशलेमको नजीकै थियो । किन स्वर्गदूतहरू ती धर्मी मानिसहरूकहाँ देखा नपरी, बरु, गोठालाहरूकहाँ देखा परे त ?

    ३. गोठालाहरू अति नै डराएका कुरो हामी पद ९ बाट थाहा गर्न सक्छौं । उनीहरू के कुराको लागि डराइरहेका थिए त ?
  • अनि तपाईं आज कुन कुरासँग अति नै डराउनुहुन्छ ? (मनमनै उत्तर दिनुहोला)




    ४. स्वर्गदूतको वाणीलाई सुन्ने वित्तिकै गोठालाहरू खुशी हुनुको कारण के थियो (१०–१२) ?
  • पद १०–११ को वचनलाई स्वर्गदूतले व्यक्तिगततौरमा आएर तपाईंलाई सुनायो भने कस्तो हुन्छ होला ? कल्पना गर्नुहोस् । के तपाईं त्यो वचनलाई सुनेर खुशी हुन सक्नुहुन्छ होला ? किन र किन होइन ?

    ५. लामो समयदेखि प्रतिक्षा गर्दै रहेका मुक्तिदाता अब डूँड (पशुहरूले आफ्नो घाँस खाने ठाउँ) मा सुतिरहनुभएको छ भनेर सुन्दा, गोठालाहरूले कस्तो महसुस गरे होलान ?
  • संसारको मुक्तिदाता भाँड़ा माझ्ने ठाउँमा सुतिरहनुभएको छ भनेर यदि तपाईंलाई सुनाइयो भने, तपाईंले कस्तो महसुस गर्नुहुने थियो होला ?

    ६. फोहोर मैला भएको अन्ध्यारो तथा शत्रुहरू र किटाणुहरू भएको ठाउँमा परमेश्वरले जन्म लिनुभयो भन्ने कुरामा स्वर्गदूतहरू आनन्द मनाउनुको के तर्क हुन सक्दछ (१३–१४) ?
  • मुक्तिदाता किन त्यस्तो परिवेशमा जन्मिनुपन्यो होला ?

    ७. परमेश्वरको पुत्रको जन्म हुने वित्तिकै किन परमेश्वरले कुनै व्यक्तिलाई देखाउन चाहनुभयो होला ?

    ८. मध्यरातमा कसरी गोठालाहरूले सही गोठलाई पत्तो लगाउन सके होलान ?
  • अनि डूँडमा सुतिरहेको उक्त बालक नै ख्रीष्ट प्रभु हुनुहुन्थ्यो भनी कसरी गोठालाहरूले विश्वास गर्न सके ?

    ९. कठिन रातलाई बिताइरहेका मरियम र योसेफलाई गोठालाहरूका शब्दहरूले कसरी सान्त्वना दिलायो ?
  • किन परमेश्वरले स्वर्गदूतहरूलाई मरियम तथा योसेफकहाँ पठाउनुको सट्टामा गोठालाहरूकहाँ पठाउनुभयो ?

    १०. ख्रीष्ट जन्मिनुभएको उक्त रात, गोठालाहरूले सुनेका तथा देखेका कुराहरूलाई उनीहरूले धेरै मानिसहरूलाई बताए । तरैपनि, किन अरू मानिसहरू जन्मिनुभएको शिशु येशूलाई दर्शन गर्न गएनन् ?



    ११. येशू झण्डै नै तीस वर्षपश्चात् मात्र प्रख्यात हुनुभयो र त्यतिबेला अधिकाँश ती गोठालाहरू मरिसकेका थिए । नवजन्मिनुभएको मुक्तिलाई देखिसकेपछि कसरी ती गोठालाहरूका जीवनमा परिवर्तन भयो ? के कस्ता कुराहरू यथावत् नै रहे ?
  • यी घटनाहरूद्वारा परमेश्वरसँगको उनीहरूका आफ्नै सम्बन्धबारे गोठालाहरूले कस्तो महसुस गरे ?

    खुशीको सन्देश: ख्रीष्ट जन्मिनुभएको उक्त रात स्वर्गदूतहरूले शान्ति र आनन्दको बारेमा गीत गाइरहेका थिए । तरैपनि, उक्त शान्ति र आनन्दलाई ल्याउनको निम्ति येशूले ठूलो मूल्य चुकाउनु परेको थियो । उहाँले डूँडमा नै त्यो तिर्न थालिसक्नुभएको थियो भने, त्रूmसमाचाहिँ अन्तिम मूल्य चुकाउनुभयो ।

       
    Downloads    
    Contact us    
    Webmaster