GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

१४. म तपाईंलाई पछ्याउँछु ९:५७–६२



१. येशूलाई पछ्याउँदा कस्तो मूल्य चुकाउनुपर्दछ भन्नेबारेमा यो पाठमा तीन किसिमका मानिसहरूलाई सङ्केत गरेको छ । कस्तो परिस्थितिमा तपाईंले पनि त्यस्तै गर्नुभएको छ ?
२. किन येशूले पहिलो व्यक्तिलाई यसरी भन्नुभएन: “मेरो दलमा स्वागत छ (५७–५८) ?”
  • पद ५८ मा भएको उत्तरद्वारा येशूले यस व्यक्तिलाई के भन्न चाहनुभएको थियो ?

    ३. पद ५८ मा बताइएको जीवनलाई मात्र येशूले दिन चाहनुहुन्थ्यो, भने तपाईंले कसरी प्रतिउत्तर दिनुहुने थियो होला ?
  • येशू परमेश्वरको पुत्र भए तापनि, किन पद ५८ मा प्रकट गरिएको जीवनलाई उहाँले जिउनुपन्यो ?

    ४. दोस्रो मान्छेको जीवनका प्राथमिक कुराहरू के थिए (५९–६०) ?
  • दोस्रो मान्छेको जीवनको प्राथमिकताहरूलाई तपाईंको आफ्नै जीवनसँग तुलना गर्नुहोस् ।
  • त्यस्तो परिस्थितिमा तपाईंका बच्चाहरूले कस्ता प्राथमिकताहरू बनाएका होऊन भनी तपाईंले चाहनुहुन्छ ?

    ५. कसरी परिवारको कुनै सदस्यको मृत्युले हामीलाई येशूलाई पछ्याउनबाट बञ्चित गराउँछ ?

    ६. तेस्रो व्यक्तिले किन आफ्नो परिवारलाई पुन: एकपटक भेट्न चाहेको थियो (६१–६२) ?
  • किन येशूले उक्त व्यक्तिलाई सान्त्वनाको निम्ति केही समयको लागि त्यस व्यक्तिलाई जाने अनुमति दिनुभएन ?

    ७. यदि यी तीन मानिसहरूले आफैलाई पछाडितिर नै राख्ने सोचेको भए, उनीहरूका जीवन कस्तो हुने थियो होला ? यदि उनीहरूले परमेश्वरको राज्य घोषणा गर्ने छनोट गरेका भए, के हुने थियो होला ?

    ८. येशूको दिनमाझैं हिजोआजका थुप्रै सँस्कृतिहरूमा पनि आफ्ना आमाबाबालाई आदर गर्ने कुरा भनेको एउटा छोराको लागि अति नै महत्वपूर्ण कुरा हो । किन येशू यहाँ उहाँको आफ्नै सँस्कृतिको विरुद्ध जानुहुन्छ ?
  • आफ्ना बाबा आमाको आदर गर्नुपर्ने कुराको महत्वका बारेमा पनि येशूले सिकाउनुभयो । कसरी हामीले यो खण्डलाई उहाँको त्यो आज्ञासँग मिलाउन सक्छौं ?

    ९. येशूले यी तीन मानिसहरूलाई जसरी चेतावनी दिनुभएको थियो, त्यसरी नै मण्डलीमा रहेका हाम्रा जवान मानिसहरूलाई उहाँलाई पछ्याउँदा आइपर्न सक्ने कठिनाइका बारेमा बताउँछौं ?

    १०. परमेश्वरको राज्यमा सेवा गर्नको लागि तपाईं अयोग्य हुनुहुन्छ भन्ने कुरा यदि तपाईंले थाहा पाउनुभयो भने, कसरी तपाईंले आफैलाई सुधार गर्नुपर्दछ होला ?

    खुशीको सन्देश: यी कुराहरू भन्नुहुँदा येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो । हलोमा हात राखिसकेपछि, उहाँले फर्केर हेर्नुभएन, तर आफ्नो सङ्कष्ट र मृत्युतिर दृढतापूर्वक अघि बढ्नुभयो । परमेश्वरको राज्यको लागि, उहाँ एकदमै सुयोग्य ठहरिनुभयो र सायद उहाँजतिको योग्य अरू कोही पनि छैनन् । उहाँ सुयोग्य ठहरिनुभयो र उहाँको आफ्नै निम्ति त होइन, तर हाम्रो लागि हो ।



       
    Downloads    
    Contact us    
    Webmaster