GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

७. प्रशस्त माछा पक्रिएको ५:१–११



टिपोट: पत्रुसको सासुआमा थिइन् (४:३८–३९) र त्यसको अर्थ उनको पत्नी तथा बच्चाहरू पनि थिए । पत्रुस माझी थिए र उनले माछा पक्रिन नसक्नु भनेको आफ्नो दैनिकी भोजन जुटाउन नसक्नु भनेजस्तै हुन्थ्यो । गनेसेरतमा उनीहरूले दिनमा होइन रातमा माछा पक्रिने काम गर्दथे र त्यो पनि पानीको गहिराइतिर होइन, तर सतहतिर ।


१. यदि तपाईंमध्ये कसैले रातीको काम गर्नुभएको छ भने, त्यसको भोलिपल्ट तपाईंले कस्तो महसुस गर्नुभयो ? कृपया हामीलाई बताउनुहोस् ।
  • माछा मार्ने रातभरिएको असफल प्रयासपछि, आफ्नो जाललाई सफा गरिरहेको बेलामा पत्रुसले के सोचिरहेका थिए होला, कल्पना गर्नुहोस् (२) ?

    २. किन येशूले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउन चाहनुभयो (३) ?
  • अनि आफ्नो मञ्चस्वरूप, किन उहाँले पत्रुसको डुङ्गालाई नै छान्नुभयो ?

    ३. पत्रुसले भर्खरै मात्र आफ्नो जाललाई धोएर सफा गरेका थिए । त्यसको अतिरिक्त, पत्रुस माछा मार्नमा सिपालु थिए, तर येशू त ऊजस्तो हुनुहुन्थ्यो । अन्य माझीहरूका सामु आफ्नो असफलताको बावजुद पनि येशूको आदेशमा किन पत्रुसले त्यो जोखिम कदम उठाउन तयार भए (४–५) ?
  • तपाईंको विचारमा, पत्रुसले के विश्वास गरे: माछा पर्ने थियो भनी विश्वास गरे वा पर्ने थिएन भनी विश्वास गरे ?

    ४. यदि येशूले कुनै काम अह्राउनुभयो र तपाईंको विचारमा त्यो असम्भव छ जस्तो लाग्यो भने, तपाईंले कसरी उहाँलाई उत्तर दिनुहुनेछ होला ?

    ५. के वर्षअघि गनेसेरतको तालमा येशूको समयावधिको माछा मार्ने डुङ्गालई भेट्टयाइयो । त्यो आठ मिटर लामो तथा दुई मिटरभन्दा धेरै चौडा थियो । एक किलाको माछा, त्यस्ता दुईओटा डुङ्गामा कतिओटा अटाउने थिए होलान (७ख) ?
  • ती सबै माछाहरू के भए होलान ?

    ६. त्यो अच्चमलाग्दो माछा पक्राइबारे पत्रुसको प्रतिक्रिया कस्तो थियो ?
  • पद ८ को कुरा उल्लेख गर्ने क्रममा, पत्रुसको विवेकमा कस्तो किसिमको पाप थियो होला ?

    ७. त्यो अच्चमलाग्दो कामबाट येशू भन्ने व्यक्तिबारे पत्रुसले के सिके ? (पद ५ र ८ मा, उनले येशूलाई कसरी सम्बोधन गरे ?)
  • कुन कुराले गर्दा, पत्रुस डराए ?

    ८. पत्रुसले आफ्नो पाप स्वीकार गरिसकेपछि मात्र पद १० मा भएको कुरा येशूले भन्नुभयो । किन ?
  • सुसमाचारलाई घोषणा गर्ने व्यक्ति र माझीहरूका जीवनमा के कुरा समान हुन्छन् ?

    ९. आफ्नो परिवारलाई छोडेर येशूलाई पछ्याउने क्रममा, उनीहरू भोकले मर्ने छैनन् भन्ने निश्चयता पत्रुसले कसरी पाए ?
  • येशूले तपाईंलाई जुनबेला जाने आदेश दिनुहुन्छ, त्यतिबेला आफू जाने निर्णय गर्नुहुँदा, आफ्ना परिवारहरूलाई दु:खकष्ट आइपर्ने छैन भन्ने के कस्तो निश्चयता तपाईंसँग छ ?

    खुशीको सन्देश: पापी मान्छे पवित्र परमेश्वरको नजीक जान सक्दैन भनेर सोच्ने क्रममा, सिमोन सही थिए । पुरानो नियममा भनिएको कुरा उनलाई थाहा थियो: आफ्ना पापको साथ परमेश्वरको उपस्थितिमा जाने व्यक्ति मर्दथ्यो । त्यसैकारणले सिमोन जुन कुराको लागि डराउँथे, त्यही कुरालाई येशूले अनुभव गर्नुभयो अर्थात्, कल्वरीको त्रूmसमा उहाँ परमेश्वरद्वारा त्यागिनुभयो ।

       
    Downloads    
    Contact us    
    Webmaster