GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

२७. अर्को हराएको पुत्र १५:२५–३२



१. उक्त कान्छो छोरोले झैं जेठो छोरोले पनि किन घर छोडेर गएन ?
  • जेठो छोरोले सबैभन्दा बढी के कुराको चाहना गन्यो ?
  • किन जेठो छोरोको जीवन त्यति खुशीयाली थिएन ?

    २. किन जेठो छोरोले आफैलाई उत्तराधिकारी भएको ठान्नुको सट्टामा, नोकर ठान्यो (१२ख, २९, ३१) ?
  • किन जेठो छोरोले आफ्नो पिताको कुरालाई विश्वास गरेन ?

    ३. कस्तो परिस्थितिमा तपाईंले आफैलाई परमेश्वरको राज्यमा धेरै मेहनत गरेको, तर सान्त्वनास्वरूप “एउटै बाख्रो” पनि नपाएको महसुस गर्नुभयो (२९) ?

    ४. भोजमा प्रवेश गर्नलाई इन्कार गरेर जेठो छोरोले आफ्नो बाबालाई सबै गाउँलेहरूका अघि लज्जित तुल्याइदियो । किन उनले आफ्नो पितालाई प्रेम गर्न सकेनन् ?
  • यदि हामी परमेश्वरलाई प्रेम गर्दैनौं भने, त्यसको सम्भाव्य कारण के हुन सक्दछ होला ? यस दृष्टान्तको आधारमा छलफल गर्नुहोस् ।

    ५. आफ्नो पिताको सबै आज्ञाहरूलाई पालन गरिरहेको ठानेर जेठोले आफैलाई भ्रममा राखेको थियो (२९) । वास्तवमा, आफ्नो छोराका बारेमा यस पिताको इच्छा के रहेको थियो ?
  • कसरी एउटा आत्मिक विश्वासी पनि सचेतनाविना नै परमेश्वरको इच्छाविपरीत जान पुग्दछ ?

    ६. येशूका दृष्टान्तहरूमा, उत्सवहरूले प्राय: स्वर्गलाई सङ्केत गर्दछ । यो दृष्टान्तअनुसार, कोचाहिँ स्वर्ग जान सक्छ र कोचाहिँ जान पाउँदैन ?
    ७. किन येशूले बीचमा नै यो दृष्टान्तलाई रोकेको जस्तो देखिन्छ (३२) ?

    ८. भोलिपल्ट जब उनीहरू आफ्ना खेतमा काम गर्न गए, त्यतिबेला कसरी उनीहरूका मनोभावहरू फरक भएका थिए होलान ? एकैछिन्, त्यो परिस्थितिलाई कल्पना गर्नुहोस् ।

    ९. यो दृष्टान्तमा येशू को हुनुहुन्छ ?

    खुशीको सन्देश: जेठो छोरोले झैं येशूले पनि आफ्नो अधिकार पाउने हक रहेको थियो । तर, उहाँले त्यो हाम्रो खातिर त्यागिदिनुभयो । “परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन। तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो। स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो (फिलिप्पी २:६–८) । आफ्नो दासत्वमा बाँधिरहेको जेठो छोराजस्ता मानिसहरूलाई पनि येशूले त्यसरी नै छुटकारा दिनुहुन्छ । यदि तिनीहरूलाई दिइएको सित्तैँको उत्तराधिकारलाई उनीहरूले बुझेका भए, येशूले तिनीहरूलाई स्वतन्त्र पार्नुहुने थियो ।

       
    Downloads    
    Contact us    
    Webmaster